असुरक्षा भएको भन्दै डाक्टरले बुझाए स्वास्थ्य मन्त्रालयलाई सेतो कोट

काठमाडौं- अस्पताल तथा स्वास्थ्य संस्थामा असुरक्षा बढेको भन्दै चिकित्सकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर एप्रोन बुझाएका छन्।

डाक्टरका विभिन्न संगसंगठनका प्रतिनिधीहरुले मंगलबार बिहान स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादवलाई एप्रोन र ज्ञापन पत्र बुझाएका हुन्। उनीहरुले सुरक्षाको माग गरेका छन्।

अस्पतालमा बिरामीको उपचारमा सक्रिय रहेका डाक्टर तथा स्वास्थ्यकर्मीमाथि आक्रमण र दुव्र्यवहारको घटना बढेको भन्दै सुरक्षाको माग राख्दै सेतो एप्रोन र ज्ञापन पत्र बुझाइएको डक्टर्स सोसाइटी अफ नेपालका महासचिव डा तोसीमा कार्कीले जानकारी दिइन्।

पछिल्लो समय ओम अस्पतालमा प्राडा भोलाराज जोशीमाथि भएको दुव्र्यवाहरको विरोधमा समग्र चिकित्सक समुदाय नै आक्रोशित भएको छ। उक्त घटनापछि सोमबार विभिन्न १० वटा छुट्टा छुट्टै संगठनले विज्ञप्ती जारी गर्दै पेशागत सुरक्षाको माग गरेका थिए।

#swasthyakhabar.com


Comments