बिराट मेडिकल कलेजद्धारा बिद्यार्थीलाई अस्पताल अवलोकन

बिराटनगर– बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलले स - साना नानीहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै अस्पताल अवलोकन गराएको छ । 

बिराटनगर ६, बिशाल चोकमा रहेको दिल्ली पब्लिक स्कुलमा अध्ययनरत कक्षा १ देखी ५ सम्मका स–सना भाई बहिनीहरुलाई अस्पताल अवलोकन गराएको छ ।

 बिद्यार्थी भाई बहिनीहरुले अस्पतालका सबै बिभागहरुको अवलोकन गर्नुको साथै आफु भित्र भएका जिज्ञाशाहरु पनि अस्पतालमा आबद्ध चिकित्सकहरु सँग राखेका थिए । 

स–सना नानीहरुको हरेक प्रश्नलाई उनिहरुले बुझ्ने गरी उत्तर दिन पाउदा खुशी लागेको कुरा उक्त अस्पतालमा कार्यरत चिकित्सकले बताएका छन् । 

बिराट मेडिकल कलेजका अनुसार स–सना नानीहरुलाई  लाग्ने रोग के - कस्ता हुनछन् र आफु कसरी सजक बन्न सकिन्छ भन्ने उद्देश्यका साथ अवलोकन गराईएको हो । 

उपचार सेवा सग सगै यस्ता क्रियाकलापमा पनि हामी सधै अग्रसर रहेको सहर्ष  बिराट मेडिकल कलेजले जानकारी गराएको छ । 

#mahilaswasthya.com


Comments