आगामी कात्तिक २ र ३ : बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने दिन

असोज ।  सरकारले आगामी कात्तिकको २ र ३ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय निकायसंग मिलेर यो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्यमहाशाखा पोषण शाखा प्रमुख केदार पराजुलीका अनुसारपहिलो चरण अन्तर्गत ७५३ वटै पालिकाको ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका २४ लाख बालबालिकाहरुलाई जुकाको औषधि (अलबेन्डाजोल) खुवाउने कार्यक्रम रहेको छ।

सोही दिन महिला स्वास्थ्य स्वयंसेविकाहरुले ट महिना देखि पाँच बर्ष सम्मका २७ लाख बालबालिकाहरुको पोषणस्थिति जाँच गर्न ‘एमयुएसी’ टेपबाट पाखुराको नाप लिदैछन् । त्यसैगरी छ महिना देखि २ बर्षसम्मका बालबालिकाहरुलाई बालविटा टयावलेट बाढ्ने योजना समेत बनाइएको छ ।

पराजुलीका अनुसार यो कार्यक्रमका लागि सबै स्थानीय तहमा कार्यरत ५० हजार बढी महिला स्वास्थ्य स्वयंसेविकाले योगदान गर्ने छन् । दुई दिने यो कार्यक्रमका लागि विभागले भने प्रति दिन ४ सयका दरले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ताको समेत व्यवस्था मिलाएको जनाएको छ ।

#nepalihealth.com


Comments