अदुवा स्वास्थ्यका लागी बहुगुणी

काठमाडौं - अदुवा हामी सबैको भान्सामा मसलाको रुपमा प्रयोग हुन्छ । यो अत्याधिक औषधिय गुण बोकेको बहुउपयोगी पर्दाथ हो । अदुवाले मानव शरीरमा रोग प्रतिरक्षात्मक क्षमता वृद्धि गराइ शरीर स्वस्थ बनाउन मद्दत गर्छ । पानी उमालेर अदुवाको सानो टुक्रा मिसाएर खादाँ  घाटी, छाती दुखेको निको हुन्छ । यस्तै थुप्रै औषधिय गुण अदुवामा पाइन्छ । 

दम खोकी भएको व्यक्तिले एक चम्चा अदुवाको रसमा एक चम्चा मह मिसाएर बेस्सरी फिटेर विहान र वेलुका मनतातो बनाएर खाएमा खोकि ठिक हुन्छ ।

विभिन्न कारणले उल्टी आइरहेको छ भने अदुवा र प्याजको रस समान मात्रामा मिलाएर ३ ३ घण्टाको अन्तरमा १ १ चम्चा पिउनाले वा अदुवाको रसमा मिश्री मिलाएर पिउनाले उल्टि हुन तथा जिउमा असजिलो हुन बन्द हुन्छ ।

हृदयरोग भएको व्यक्तिले अदुवाको रस पानीमा बरावरी  मिलाएर पिउनाले  फाइदा हुन्छ। अदुवाको सेवनबाट मुटु मजबुत हुन्छ ।

उदरशूल हुन नदिन ५ ग्राम अदुवा, ५ ग्राम पुदीनोको रसमा थोरै सिरेनुन हालेर पिउनुपर्छ । 

शीतज्वर भएमा अदुवा र पुदिनाको काढा बनाएर सेवन गर्नाले पसिना आएर ज्वरो उत्रन्छ । 

पेट को ग्यास भरिएको जस्तो महशुस भएमा आधाचम्चा अदुवाको रसमा हिंग र कालो नुन मिलाएर खाएमा यो समस्या कम हुदै जान्छ ।  

रुघाखोकी लागेमा २० ग्राम अदुवाको रसमा २ चम्चा मह विहान वेलुका पिएमा फाइदा गर्दछ । 

भोक नलागेमा वा पेट सफा नभएमा अदुवाको बारीक मा नुन मिलाएर आठ दिन सम्म दिनमा एक पटक खाने गरेमा पेट सफा हुन्छ । पेट सफा भएका कारण भोक जाग्ने गर्दछ ।

कुनै यात्रा शुरु गर्नु अघि अदुवा हालेको चिया पिउँदा बाटोमा हुन सक्ने वान्ता वा अन्य बिरामी हुने समस्या आउँदैन । अलि अलि असजिलो महसुस भएको समयमा पनि अदुवा भएको चिया खानु राम्रो हुन्छ ।

अदुवाले पाचन प्रणालीका क्रियाहरु सहज तुल्याउँछ । अधिक खानेकुरा सेवन गरेको समयमा पनि एक कप अदुवा भएको चिया खानु उपयुक्त हुन्छ ।

अदुवाले शरीरको कुनै भागमा भएका जलन वा दुखाइलाई कम गर्छ । मांसपेसी र जोर्नीको दुखाइमा पनि अदुवाको सेवन फाइदाजनक हुन्छ । 

अदुवाको चियाले श्वासप्रश्वासको समस्या हुनेलाई लाभ गर्छ । चिसो लागेको समयमा एक कप अदुवा हालेको चिया लाभदायी हुन्छ । त्यसैगरी वातावरणीय एलर्जीलाई पनि निवारण गर्छ । 

अदुवामा रहेको भिटामिन र खनिज एवं एमिनो एसिडले रक्त सञ्चारलाई राम्रो पार्छ र विभिन्न रोगको खतराबाट बचाउँछ । हृदयघात देखि अन्य मुटु सम्बन्धी समस्या समेत अदुवाको चियाबाट कम गर्न सकिन्छ ।

अदुवाको चिया पिउनाले महिनाबारीको समयमा हुने पिडाबाट राहत पाउन सकिन्छ । साथै दिकदारी र तनाव कम हुन्छ । 

नियमित अदुवापानी पिउनाले शरिरको रगतमा सुगर लेभल नियन्त्रण हुन्छ । यसले डायबिटिज नियन्त्रण गर्छ ।

#mahilaswasthya.com


Comments