दिमाग स्वस्थ्य राख्ने ६ उपाय

मानिसको जीवनमा केहिलेकाहीँ उत्तारचढाव आइरहन्छ । जसले मानिसलाई अस्थिर बनाउँछ भने साथै सन्तुलन राख्न गाहो पर्दछ । मस्तिष्कको शक्ति र स्मृतिले व्यक्तिको जीवनमा महत्वपुर्ण भुमिका खेलेको हुन्छ । आधुनिक एवं वैज्ञानिक युगमा स्मरण शक्तिको कमी एउटा गम्भीर समस्या बनेको छ । दिमागलाई स्वस्थ राख्नका लागिका आफ्ना अस्वस्थ व्यवहारहरु हटाउदैँ जानु पर्दछ । उनीहरुमा आफ्नो संवेदना, भावना, सोच, विचारलाई नियन्त्रण गर्न सकियो भने जीवनमा सफलता मिल्दै जान्छ । जीवनमा यस्तो उतारचढावमय अवस्था आइरहन्छन्, यस्तो अवस्थामा आफुलाई सन्तुलित राख्नु सबैभन्दा महत्वपुर्ण उपाय हो ।

दिमाग स्वस्थ्य नहुने कारणहरु
काममा असन्तुष्टी, धेरै समय सम्म चिन्तित हुनु , कुनै कुराको रुचीको अभाव, उमेरका कारण, पौष्टिक पदार्थको कमी, अनिद्रा, शारीरिक तथा मानसिक थकान, धेरै मैथुन गर्नु, नशालु पदार्थ सवेन आदी रहेका छन् ।

लक्षणहरु
मानसिक थकान, अरुची, आलस्य, कमजोरी, निराश, लामो समयसम्म स्मरण गर्न नसक्ने आदी । मानिसहरुले आफ्नो दिमागलाई कसरी शान्त राख्ने भन्ने केही उपायहरु निम्नअनुसार रहेका छन् ।

गल्ती बाट पश्चताप नगनुहोस् ।

गल्ती सबैबाट हुन्छ, जानेर वा नजानेर । गल्ती जानेर पो गनुहुँदैन । नजानेर हने गल्तीका लागि मानिसहरुले धरै समय सम्म पछुताइरहेका हुन्छन् । तर यसो गर्नु राम्रो होइन । धेरै समय सम्म पहिला भएको गल्तीको पछुतो सम्भिलरहँदा दिमागको क्षय हुन्छ ।

कुनै एउटा कुरालाई लिएर समय बबार्द नगनुहोस् ।
कुनै समय खराब थियो भनेर जहिले पनि उस्तै हुँदैन । त्यसैले कुनै दिन एउटा कुनै अप्रिय घटना भयो भनेर त्यसैलाई मनमा खेलाएर पुरै दिन बबार्द गर्नु हुँदैन । त्यसैले सकारात्मक सोच राख्नुपर्दछ र नमिठो अनुभवलाई भुल्नुपर्दछ ।

एक्लोपन महसुस नगनुहोस् ।
सबैभन्दा दिमाग क्षय गर्ने ठुलो कारण एक्लोपन हो । मानिसहरु अधिकांश समय साथीभाई संग बस्न रुचाउँछन् । मानिसहरु एक्लो भयो भने अनाश्यवक कुराहरु सोच्न थाल्दछन् । बिस्तारै त्यसरी सोच्ने ग्रन्थी बन्द हुँदै जान्छ । त्यसैले एक्लोपन संग डराउने होइन । समयको सदुपयोग गर्नुपर्दछ ।

अप्रिय कुरामा नअल्झिनुहोस् ।
कुनै एक विषयलाई लिएर धेरै तनाव नहुनुहोस् । कुनै एक गल्तीले तपाईको जीवनको पुरै प्रतिष्ठा सकिँदैन । त्यसैले तपाई जिन्दगीका पानाहरु पल्टाउँदै जानुहोस् । कुनै एउटा घटनाले वा गल्तीमा अल्झिएर नबस्नुहोस् ।

परिवर्तन संग नडराउनुहोस् ।
सफताको माथिल्लो सिँढीमा पुग्नको लागि परिवर्तन हुन आवश्यक हुन्छ । मानिसको दिमाग परिवर्तनशील हुन्छ । हामी यथास्थिितिमा राख्न खोज्छौँ, जसले गर्दा बुद्धिको विकासमा असर पुर्याउँछ । परिवर्तन संग डराउने होइन, खलेर सामना गर्ने विचारले दिमाग बढाँउछ ।

बितेका कुरामा चिन्ता नगनुहोस् ।
बगेको खोला फर्किदैन भनेझैँ बितिसकेका कुराहरु चाहे जतिसुकै पीडादायी भएपनि त्यसमा तपाईले अहिले जति नै धेरै चिन्ता गरेपनि केही फरक पदैँन । हिजो भइसकेको कुरालागि लिएर आज कुनै पश्चाताप गरिरहनुको कुनै औचित्य रहदैँन । त्यसैले वितिसकेका कुरा लागि लिएर चिन्ता गर्ने आवश्यक हुँदैन । त्यसैले आज तपाईको अगाडि जे छ, त्यसैमा चित्त बुझाउने तथा राम्रो बनाउने तर्फ प्रयास गनुपर्दछ ।

#healthpostnepal.com


Comments