अचानक तौल घट्यो? चिन्ताको विषय हुनसक्छ

कुनैपनि प्रयास बिना नै लगातार घटिरहेको छ भने यो खुसीको कुरा होइन। बरु चिन्ताको विषय हुन सक्छ। यसले शरीरमा कुनै बिमारीको संकेत गर्छ। यदि अचानक ६ महिनामा ५ देखि १० प्रतिशतसम्म तौल घट्यो भने स्वास्थ्यपरिक्षण गराउनुपर्छ।

अचानक तौल घट्दा मानिसको लाइफ स्टाइल पनि प्रभावित हुन्छ। भोक नलाग्ने तथा भरपुर निद्रा नलाग्ने जस्ता समस्याहरुको सामना पनि गर्नुपर्ने हुनसक्छ। यसबाट टाउको दुख्ने तथा थकानको महसुस हुन्छ। के कारणले यस्तो हुन्छ त?

क्यान्सर 

अचानक तौल घट्नुको एउटा कारण क्यान्सर पनि हुन सक्छ। डाक्टरका अनुसार क्यान्सर हुादा शरीरको तागत कम हुादै जान्छ। यसका कारणले शरीरको तौलघट्छ र शरीर पातलो देखिन थाल्छ। यसबाट ग्यास्टि्रक र प्यांक्रियाज क्यान्सरका साथै  फोक्सो, सिर, गर्दन र कालोरेक्टल क्यान्सर हुन सक्ने सम्भावना पनि हुन्छ। त्यसैले तौलघट्दा बेवास्ता नगरी तुरुन्त डाक्टरकहाा जानुपर्छ।

 तनाव

यस्ता व्यक्तिहरुको संख्या धेरै छ जो अफिसमा कामको चाप, घरको कलह र सामाजिक दवावका कारण अक्सर तनावमा रहन्छन्। अधिक तनावमा रहनाले उनीहरुको लाइफ स्टाइल प्रभावित हुन थाल्छ। उनीहरुलाई राम्ररी भोक लाग्दैन र भरपुर खाना खान सक्दैनन् । भोक नलाग्नाले शरीरबाट फ्लाइट हार्मोन निस्कन्छ जसले तनावलाई अझै धेरै बढाउाछ।

यसका अलावा दिमागको हाइपोथेल्मसबाट कार्टिकोट्रोपिन नामक हार्मोन निस्किन थाल्छ जसले भोक लाग्न दिादैन। यसका अलावा दिमागले एडि्रनल ग्ल्यान्डलाई पनि संकेत पठाउाछ जसले हार्मोनलाई असन्तुलित गरिदिन्छ। यसले गर्दा  भोक कम लाग्छ र खाना कम खाने गर्नाले तौलपनि घट्न थाल्छ।

पेटको रोग

सानो आन्द्रामा सही तरिकाबाट भोजनको शोषण हुन नसक्दा सिलिएक रोग, क्रोहन रोग, ल्याक्टोज बढ्ने तथा आन्द्रा टुट्ने जस्ता समस्या उत्पन्न हुन सक्छ। जब आन्द्राले जरुरी पोषक तत्वलाई शोषित गर्न सक्दैन, यस स्थितिलाई ‘मेलब्जप्र्सन’ भनिन्छ। सिलियक रोग जस्तो पेटको बिमारी सामान्यतया ठीक हुन्छ तर यदि अचानक तौलघटिरहेको छ भने डाक्टरसाग परामर्श गर्नुपर्छ।

मधुमेह

मधुमेह हुादा भोक कम लाग्छ। यसको कारणले गर्दा व्यक्तिको शरीरमा सुगरको स्तर बढ्छ, जसले किड्नी र यसका कार्यहरुलाई सबैभन्दा बढि प्रभावित तुल्याउाछ। मधुमेहका रोगी ब्लड सुगरको उपयोग गर्न सक्दैनन् र यो मृगौलाबाट फिल्टर भएर उत्सर्जित हुन्छ।

यसको कारणले व्यक्तिको मांसपेशी तथा हड्डीहरु प्रभावित हुन थाल्छन्। अधिक तिर्खा लाग्नु,  बारम्बार पिशाब लाग्नु, आाखामा धमिलोपन र हातगोडा झन्झनाउनु, शरीरमा शून्यपनको अनुभव आदि मधुमेहका लक्षण हुन्।

थाइराइड

थाइराइडले हाम्रो मेटाबोलिज्म लाई नियन्त्रित गर्छ। त्यसैले थाइराइडका कारण तौलप्रभावित हुन सक्छ । यदि मेटाबोलिज्म बढ्यो भने शरीरको तौलकम हुन थाल्छ। तर, यो अधिक बढ्यो भने स्वासथ्यका लागि कयौ गम्भीर खतरा उत्पन्न गर्छ।

यदि कुनै व्यक्तिलाई हाइपोथाइराडिज्म छ भने उसको तौलतीव्ररुपमा कम हुन्छ र कहिलेकाहीा यसको कारणले हृदयको गति बढ्ने, अधिक चिन्ता तथा इन्सोमेनिया जस्ता समस्याहरु पनि हुन सक्छन्।

#Onlinekhabar


Comments