महिलालाई लाग्ने क्यान्सरमा जीवनशैलीको भूमिका कस्तो ?

काठमाडौं- नेपालमा सबै भन्दा बढि देखिरहेको  क्यान्सर  फोक्सो, स्तन र पाठेघरको क्यान्सर हो । गोलोबल क्यानकाा अनुसार नेपालमा हरेक वर्ष २६ हजारको हाराहारीमा नयाँ क्यान्सरका बिरामी देखिरहेका छन् । हरेक वर्ष क्यान्सरका कारण १९ हजार मानिसको मृत्यु भइरहेको छ । क्यान्सर नेपालमा मात्र नभएर विश्व भर नै भयावह रुपमा देखिदै आइरहेको छ । 

महिलामा बढि देखिने क्यान्सर 

 सामान्यतया महिला र पुरुषमा हुने क्यान्सर उस्तै  हुन्छन् । तर महिला र पुरुषको प्राकृतिक रुपमा शारीरिक बनोट नै फरक हुने भएकाले भिन्न अंगहरुमा क्यान्सर हुने गर्दछ । महिलाहरुमा धेरैजसो पाठेघरको क्यान्सर, स्तन क्यान्सर र डिम्बाशय क्यान्सर हुने गर्छ । नेपालको सन्दर्भमा धेरैजसो महिलाहरुमा पाठेघरको मुखको क्यान्सर  देखिएको पाइन्छ । त्यसपछि स्तन क्यान्सर भएको पाइन्छ ।  

पाठेघर मुखको क्यान्सरका लक्षणहरु 

यौनी स्राव वा रगत बग्ने 

फोहोर गन्हाउने पानी बग्ने 

तल्लो पेट दुख्ने 

शारीरिक सम्पर्क गर्दा दुख्ने वा रगत बग्ने

पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि सबै भन्दा उत्तम उपाय भनेको महिनावारी हुनु भन्दा पहिला  प्यापसिलोमा भ्याक्सिन लगाउँनु पर्छ । 

स्तन​​​​​​​ क्यान्सरका लक्षणहरु 

नदुख्ने ग्रिखाहरु देखापर्नु साथै ति ग्रिखाहरु ठुला हुदै जानु 

छालाको रंगमा परिवर्तन आउँनु 

स्तनको आकारमा परिर्वतन आउँनु 

स्तनको मुन्टा छालामा गाडिदै जानु 

कस्तो जीवनशैलीले अपनाइ रहेका महिलामा क्यान्सरको जोखिम  

 महिनावरी धेरै कम उमेरमा सुरु भई लामो समय सम्म महिनावारी भइरहेको छ । त्यस्ता महिलाहरुमा स्ट्रोजोन हर्मोनको मात्रा बढि हुन्छ । यो हर्मोन बढि भएका महिलामा  स्तन क्यान्सर बढि हुने सम्भावना हुन्छ । त्यस्तै विवाह नगर्ने , सन्तान नजन्माउँने , जन्माएपनि स्तनपान नगराउँने  महिलाहरुमा स्तन क्यान्सर बढि हुने सम्भावना हुन्छ । साथै शारीरिक व्यायम कम गर्ने र मोटोपना भएका व्यक्तिमा पनि क्यान्सर हुनसक्छ । 

क्यान्सरमा खानपिनको भूमिका 

नेपालमा अहिले सम्म यहि खानपानले गर्दा क्यान्सर लागिरहेको छ भनेर  त्यस्तो कुनै अध्ययन अनुसन्धान भइसकेको छैन् । 

वैज्ञानीकहरुले लामो समय खर्चेर गरेको एक अध्ययनले पोलेको मासु धेरै  खाने व्यक्तिमा  आन्द्राको क्यान्सर हुने   प्रमाणित भइसकेको छ ।

बासि खाने कुरा, फ्रिजमा राखिएमा खाने कुराले आमाशयको क्यान्सर गराउँन सक्छ ।

 त्यसैगरि धेरै तातो खानेकुरा खाने बानिले खाना खाने नलीको क्यान्सर गराउँन सक्छ । 

रातो मासु खादाँ आन्द्राको क्यान्सर गराउँन सक्छ ।  

स्तन क्यान्सर महिलमा मात्र नभई पुरुषमा पनि हुन सक्छ । ९९ प्रतिशत स्तन क्यान्सर महिलामा हुन्छ भने १ प्रतिशत स्तन क्यान्सर पुरुषमा हुन सक्छ । 

महिलामा स्तन क्यान्सर हुने प्रमुख तत्वहरु 

हर्मोनको गडबढि

कम उमेर मै महिनावरी हुनु

लामो समय सम्म पनि महिनावरी नसुक्नु 

अविवाहित बस्नु 
 
स्तनपान नगराउँनु 

यस्ता क्रियाकलापले स्ट्रोजोन हर्मोनलाई लामो समय सम्म शरीरमा राख्छ ।

बच्ने उपाय

क्यान्सरबाट बच्नका लागी मद्यपान तथा धुम्रपान नगर्ने, 

अत्याधिक चिल्लो भएको खानेकुरा नखाने साथै तयारी खाद्य पदार्थ सेवन नगर्ने

धुँवामा सेकाएको, ढुसि परेका र बासी खानेकुरा सेवन नगर्ने

नियमित व्यायम गर्ने 

सरसफाईमा बिशेष ध्यान दिने

शाहाकारी र सन्तुलित भोजन सेवन गर्नाका साथै नियमित स्वास्थ्य परिक्षण गराउनुपर्छ । 

क्यान्सर भएको पहिलो चरणमा नै उपचार गरि सन्तुलित आहार सेवन गरेमा शरीरको अन्य भागमा फैलने सम्भावना कम हुन्छ । साथै क्यान्सरलाई पुर्ण रुपमा निको पार्न सकिन्छ ।
 
क्यान्सर पत्ता लगाउन क्यान्सर भएको शंका लागेको भागको मासु परिक्षण गराउनुपर्छ । जसलाई बायोप्सि परिक्षण भनिन्छ । त्यसबाहेको क्यान्सरको प्रवृत्ति हेरेर अन्य परिक्षण बोन म्यारो इक्जामिनेशन गरिन्छ । 

क्यान्सरको उपचार शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापीको माध्यमबाट गरिन्छ । उचित समयमा उपचार गर्न सके ३३ प्रतिशत क्यान्सर निको पार्न सकिन्छ ।

 (विर अस्पतालको अंकोलोजी विभागमा कार्यरत डा.अम्बुज कर्ण सँगको कुराकानीमा आधारीत)

#mahilaswasthya.com


Comments