चकलेट स्वास्थ्यका लागी कती आवश्यक: सन्दर्भ चकलेट डे

काठमाडौं । चकलेट धेरैजसो मानिसलाई मन पर्छ । बच्चा देखि बुढाबुढीसम्म चकलेट भनेपछि हुरुक्कै हुने गर्छन । 

चकलेट विभिन्न उत्सव तथा खुशिको पल जस्तै जन्मदिन, कुनै सफलता हासिल गरेको समय वा प्रेमिल जोडिहरुले चकलेट आदानप्रदान गरि माया साट्ने गरिन्छ । प्रेमिल जोडिहरुले बिशेषगरी भ्यालेन्टाइन वीकको तेस्रो दिन चकलेट डे मनाउने गर्दछन्  ।

चकलेट स्वादको हिसाबले एकदमै मिठो हुन्छ । त्यसका साथै चकलेटको स्वास्थ्यमा धेरै फाइदा पुर्याउने विभिन्न अध्ययनले पुष्टि गरिसकेको छ  । 

बजारमा थुप्रै खालका चकलेटहरु पाइन्छ । तर चकलेटमा सबैभन्दा राम्रो डार्क हुने बिशेषज्ञहरु बताउँछन् । डार्क चकलेट गर्भवती महिलाहरुका लागि उपयुक्त मानिन्छ । गर्भवती महिलाले चकलेट खाएमा गर्भमा रहेको भ्रुण र आमा दुवैको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।  

गर्भवती आमाले चकलेट खाएमा प्रिक्लेम्पिसाया अर्थात गर्भधारणको समयमा अचानक ब्लड प्रेशर बढ्ने समस्या कम हुन्छ । यसका साथै प्लासेन्टा अर्थात आमाको शरीरबाट पोषक तत्वहरुलाई भ्रुणसम्म पुर्‍याउने कार्य पनि राम्रो तरीकाले हुन्छ । स्वीट र रिफाइन्ड चिनी कम भएको चकलेट गर्भवतीको लागि अति उत्तम मानिन्छ । त्यसका साथै आवश्यक मात्रामा चकलेट खानाले स्वास्थ्यमा पुर्याउने फाइदाहरु यसप्रकार छन् । 

कुनै प्रकारको तनाव उत्पन्न भए चकलेट यस्तो साथी बन्न सक्छ जसका कारण तनाव कम हुन सक्छ । त्यसैले कोहि व्यक्ति तनाव वा डिप्रेशनको शिकार भए चकलेट खानु लाभदायक हुन्छ।

चकलेटमा एन्टी अक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ । त्यसैले छालामा देखिने चाँया र दागहरु कम गराउन मद्धत गर्छ । 

रक्तचापको कम भएका व्यक्तिले चकलेट खानु लाभदायक हुन्छ । 

शरीरमा हुने नराम्रो कोलेस्ट्रोललाई कम गर्नको लागि चकलेट निकै उपयोगी मानिन्छ । 

दैनिक दुई कप तातो चकलेट ड्रिंक पिउनाले दिमाग स्वस्थ हुनका साथै स्मरणशक्ति तेज हुन्छ । चकलेटले दिमागमा रक्त सञ्चार राम्रो बनाउन मद्धत गर्छ । 

एक खोजका अनुसार चकलेट वा चकलेट ड्रिंकको सेवनले मुटु रोगको सम्भावनालाई कम गर्छ साथै मुटुलाई स्वस्थ राख्न मद्धत गर्छ ।

एथिरोस्क्लेरोसिस एक प्रकारको रोग हो जसमा धमनीहरु अवरुद्ध हुन्छन् । यस्तो स्थितीमा चकलेट खानु लाभदायक मानिन्छ ।  

#mahilaswasthya.com


Comments