बालबालिका देखि बृद्धहरुको स्वास्थ्यका लागि साग अत्यावश्यक

काठमाडौं- साग हामी सबैको भान्सामा पाइने तरकारी हो । प्रायः व्यक्तिलाई साग मन पर्छ । स्वास्थ्यको हिसाबले पनि साग एकदमै लाभदायक मानिन्छ । सागहरुमा अत्याधिक मात्रामा रेशादार पदार्थ पाइन्छ । जसले गर्दा  कब्जियत हुन दिँदैन । त्यसका साथै विभिन्न स्वास्थ्य समस्याबाट बच्न सकिन्छ । 

सागहरुमा विभिन्न किसिमका सुक्ष्म पोषण तत्वहरु पाइन्छ । सागमा हुने हरियोपन वा सुर्यको किरणबाट लिने क्लोरोफिलले शरीरमा धेरैफाइदा पुर्याउँछ । 

धेरैजसो साग जाडो महिनामा पाइन्छ । जाडोमा रोगसँग लड्ने शक्ति बढोस् भनेर प्रकृतीले नै सहयोग गरिरहेको हुन्छ । साग खादा रगतको मात्रा बढाछ । 

पालुंगो र कर्कलो

पालुंगो र कर्कलाको सागमा लौहतत्व प्रचुर मात्रामा पाइन्छ ।  सागको  विभिन्न परिकारहरु बनाएर खान सकिन्छ । कर्कलो पकाउदा कागती   मिसाउनै पर्छ किनभने त्यसमा भएको लौहतत्व शरीरमा राम्रोसँग मिसिन छ ।  

सिस्नु

सिस्नु पहिला गरिब मानिसले खाने भनेर चिनिन्थ्यो । तर खानपानको हिसाबले सिस्नु एकदमै फाइदाजनक साग हो । यसमा पर्याप्त मात्रामा आइरन क्याल्सियम पाइन्छ । खासगरी सिस्नुलाई पकाएर चामलको पिठो हालेर भ्यातल बनाएर खाइन्छ । यो स्वास्थ्यको हिसाबले राम्रो मानिन्छ । 

रायो र तोरिको साग

रायो र तोरिको सागमा पर्यात मात्रामा रेशादार पदार्थ भिटामिन समाबेश भको हुन्छ । यो साग आँखाको लागी  फाइदाजनक मानिन्छ । त्यसका साथै यो साग खादा कब्जियत हुदैँन ।  यो साग बालबालिकाको लागि पनि उतिकै  फाइदाजनक मानिन्छ । कतिपय आमाहरुले मेरो बालबालिकाले साग नै खाँदैन भन्ने गरिन्छ । त्यस्ता बालबालिकाहरुमा रोग प्रतिोधात्मक क्षमता कम हुन्छ । 

लट्टेको साग

लट्टे सागमा प्रयाप्त मात्रामा आइरन र क्याल्सियम हुन्छ । कतिपय स्थानहरुमा लट्टेको साग के खानु भन्ने गरिन्छ स्वास्थ्यको हिसाबले यो साग पनि उत्तिकै लाभदायक मानिनछ । 

सागलाई तरकारीको रुपमा मात्र नभई अन्य परिकार बनाएर पनि खान सकिन्छ । यसको सुप बनाउन सकिन्छ । दालमा मिसाएरखान सकिन्छ । त्यसका साथै तरकारी बनाएर, खाना भुट्दा अण्डामा मिसाएर बालबालिकालाई खान दिएमा सागमा पाइने क्याल्सियम आइरन लगायत सुक्ष्म पोषण तत्वले एकदमै फाइदा गर्छ । त्यसका साथै साग खानु महिला, बृद्ध, बालबालिक भर्खरै बिरामीबाट उठेका व्यक्तिहरुका लागी पनि साग खानु राम्रो हो ।

(जनस्वास्थ्य बिद् डा.अरुण उप्रेदी सँगको कुराकानीमा आधारित )

#mahilaswasthya.com


Comments