प्रदुषित वातावरणः मुटुमा प्रभाव कस्तो ?
User Image
Written & review by:
मुटुरोग विशेषज्ञ

काठमाडौं- पछिल्लो समय दिनप्रति दिन मुटुका बिरामी बढिरहेका छन् । मुटुका बिरामीमध्ये पनि हृद्यघातको समस्या धेरैमा पाइन्छ । हृद्यघातका बिरामी बढ्नुको प्रमुख कारण नेपालको प्रदुषित वातावरण हो । 

प्रदुषणले रक्त नलिमा र भित्रि नलि इन्टीमालाई असर पुर्याउँछ ।  जसका कारण मुटमा विभिन्न समस्या देखापर्न सक्छ । प्रदुषित वातावरणका कारण हामिले खाइरहेको खानेकुराहरु पनि प्रदुषित नै छन् । हामीले दैनिक खाइरहने खाना, सागसब्जी, पानी लगायत हामीले फेर्ने प्रत्येक सासमा  प्रदुषण मिसिएको छ । त्यसैले मुटु रोगका बिरामीहरु पनि बढिरहेका छन् । 

ग्रामिण भेगको तुलनामा शहरी भेगमा वातावरण प्रदुषित छ । त्यसैले मुटुसँग सम्बन्धित समस्या शहरी क्षेत्रमा बस्नेलाई लाग्ने गरेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ । 

विशेषगरि धुम्रपान गर्ने व्यक्तिमा प्रदुषणको असर बढि देखिन्छ । जेष्ठ नागरिक र बालबालिकालाई प्रदुषणले छिटो असर गर्ने देखिन्छ । त्यसैगरि पहिला बाटै नै मुटुमा समस्या भएर औषधी खाइरहेका वा मुटुको अप्रेशन भएको व्यक्तिमा पनि यसको जोखिम धेरै रहेको हुन्छ । 

युवा पुस्तामा मुटु रोगको समस्या देखिनुका कारणः

मद्ययपान र धुम्रपानको सेवन 

अस्वस्थ्यकर खानपिन

अत्याधिक माछा मासुको सेवन 

तनाव पूर्ण जिवन 

लेट नाइट बस्नाले

लक्षणः

मुटुको चाल (ढुकढुकी) महसुस हुनु । 

दुई तिन तल्ला चढ्दा (उकालो चढ्दा) स्वाँ-स्वाँ हुनु

मुटु छिटो-छिटो ढुकढुक भएको महशुस हुनु  

छातीको देबे्र पट्टि दुख्नु वा चस्किनु 

नियमित गर्ने काम गर्दा पहिला समस्या थिएन तर अब त्यहि काम गर्दा स्वाँ स्वाँ हुनु 

हातखुट्टा सुनिन थाल्नु 

बच्चाहरुमा निलोपना देखिनु 

बच्चाहरुको हातखुट्टाको औंला निलो हुनु 

प्रदुषणबाट मुटुलाई कसरी बचाउने ?

मद्ययपान र धुम्रपान नगर्ने

बाहिर वातावरणमा निस्कदा मास्क लागाउने 

व्यक्ति मात्र सचेत नभएर सम्पूर्ण समाज नै सचेत बन्ने 

पुराना गाडीलाई विस्थापित गर्ने 

व्यवहारमा परिर्वतन गर्ने 

धेरै प्रदुषण भएको ठाँउमा नजाने 

मुटुको शल्यक्रिया वा मुटु रोगीले बिहान चिसोमा मर्निङ वाक  नगर्ने 

मर्निङ वाक गर्दा प्रदुषित वातावरण नजाने, बगैचा वा पार्क भित्र नै गर्ने 

मुटुलाई स्वस्थ्य राख्न कस्तो खाना खाने ?

सेतो मासु वा माछा खाने 

खानामा सागसब्जी, फलफुल र सलाद समाबेश गर्ने 

खानामा भातको मात्र कम गर्ने दाल र तरकारीको मात्रा बढाउने 

के नखाने 

चिल्लो, बोसोजन्य, तारेको, भुटेको कम खाने

भात र रातो मासु कम खाने 

कार्बोहाइडेड वा गुलियोजन्य खाने कुरा कम खाने 

शरीरको तौल कम गर्ने 

नियमित व्यायम गर्ने 

(सह-प्राध्यापक डा.अनिल भट्टराई सँगको कुराकानीमा आधारित )

#mahilaswasthya.com


Comments