स्टिम र सोना बाथ लिदाँ यस्ता सावधानी अपनाउनुपर्छ

- डा.रविनलाल श्रेष्ठ

काठमाडौं - स्टिम बाथ र सोना बाथ आजकल एक प्रकारको फेसन नै भइसकेको छ । सबै हेल्थ क्लबहरुमा यसको प्रयोग बढिरहेको छ । तर स्टिम बाथ र सोना बाथ लिँदा अपनाउनु पर्ने सावधानीहरु नअपनाउँदा ज्यान नै जोखिममा पर्न सक्छ ।  

स्टिम र सोना बाथ प्राकृतिक चिकित्सा अन्तर्गत पर्ने हाइड्रो थेरापी चिकित्साको एक अभिन्न हिस्सा हो । प्राकृतिक चिकित्सामा मुख्यत शरीर शुद्धिकरणको लागी यसलाई प्रयोग गरिन्छ । विभिन्न रोगहरुको उपचारको साथै स्वास्थ्य प्रवर्धनमा पनि यसलाई प्रयोग गरिन्छ  । 

स्टिम र सोना बाथ लिनु भन्दा पहिले अपनाउनुपर्ने सावधानी

अनिवार्य रुपमा ब्लडप्रेसर जाँच गर्ने

कुनै प्रकारको रोग छ भने प्राकृतिक चिकित्सकसंग परामर्श लिएर बाथ लिने 

स्टिम र सोना बाथ भित्र छिर्नु भन्दा पहिले पानी प्रशस्त पिउने र चिसो पानीको सावोर लिने वा चिसो पानीले शरीर भिजाउने।

अनिवार्य रुपमा टाउकोमा चिसो पानीमा भिजाएको सुतीको कपडा राख्ने 

स्टिम र सोना बाथ लिदाँ ध्यान दिनुपर्ने 

आरामसंग नआतिकन स्टिम र सोना बाथ चेम्बरमा बस्ने 

टाउकोमा राखेको कपडा सुकेमा पूर्ण पानीले कपडा भिजाउने
 
अलि अलि पानी पिउँदै गर्ने
 

केहि गरि अप्ठ्यारो महसुस भएमा तुरुन्त बाहिर आइहाल्ने 

स्टिमर सोना लिएपछि के गर्ने ?

एकछिन आराम गर्ने 
 
पसिना सुकिसकेपछि सादा पानीले शरीर पखाल्ने 
 
एक गिलास जिवनजल वा कागती मह नुन मिसाएको पानी पिउने

साबधानीहरु

स्टिम र सोना बाथ लिदा पेट खाली हुनु एकदमै जरुरी छ । खाली पेटमा मात्रै स्टिम र सोना बाथ लिने 

धुम्रपान, मद्यपान र रक्सि खाएर स्टिम र सोना बाथ कहिले पनि नलिने र स्टिम र सोना बाथ भित्र कहिले पनि दुव्यर्सनी नगर्ने 

स्टिम र सोना बाथ लिएको १ र २ घण्टा पछि मात्र कुनै प्रकारको अन्य पेयपदार्थ वा ठोस पदार्थ खाने

एकदमै थाकेको बेला तुरुन्तै स्टिम र सोना बाथ नगर्ने अराम भएपछि मात्र लिने  

स्टिम र सोना भित्र पानी बाहेक अन्य केहि पनि नखाने

स्टिम र सोना बाथ चेम्बर भित्र कुनै प्रकारको शारीरिक अभ्यास र कसरत नगर्ने 

स्टिम र सोनापछि एकदमै चिसो पानीले ननुहाउने 

कस्ता व्यक्तिले स्टिम र सोना बाथ लिनु हुदैन ? 

रक्तचाप कम भएको व्यक्ति 

पटक पटक ब्लड सुगर कम हुने व्यक्ति 

अति उच्च रक्तचाप भएको व्यक्ति

रगत आउने र रगत आएर रोकिन धेरै समय लाग्ने समस्या भएमा 

छारे रोग भएका व्यक्ति

नसाको समस्या भएर तापक्रम थाहा नपाउने रोग भएमा 

ज्वरो आएमा 

छालामा तिब्र रुपमा फोकाहरु उठ्ने समस्या भएमा 

मधुमेहले गर्दा ज्यान एकदमै कमजोर भएमा 

मुटु एकदमै कमजोर भएमा 

चक्कर आउने र लागि रहने रोग भएमा 

किड्नी एकदमै कमजोर भएमा   

जुनसुकै रोग भएमा पनि प्राकृतिक चिकित्सकको सल्लाह अनुसार स्टिम वा सोना बाथ लिँदा आउने समस्याहरुबाट बच्न सकिन्छ । 

(डा. रविनलाल श्रेष्ठ आएनाश योग नेचर कियर अस्पतालमा आबद्ध छन् ।) 

#mahilaswasthya.com


Comments