सेल्फ क्वारेन्टाइन बस्दा यस्ता सावधानी अपनाउनुपर्छ

काठमाडौं - पछिल्लो समय व्यक्ति स्वयं वा घरमा (सेल्फ) क्वारेन्टाइन बस्ने भन्ने बिषयमा धेरै चर्चा हुन थालेको छ । स्वयं वा घरमा क्वारेन्टाइन बस्दा के कस्ता सावधानी अपनाउनुपर्छ त्यसबारे धेरै व्यक्तिहरु जानकार छैनन ।  स्वयं वा घरमा क्वारेन्टाइनमा बस्ने व्यक्तिले अपनाउनुपर्ने सावधानीहरु यसप्रकार छन्

हावा ओहोरदोहोर हुने कोठामा एक्लै बस्ने,

अर्को व्यक्तिसँग बस्नुपरेमा कम्तिमा १ मिटर दूरी कायम गर्ने, 

छुट्टै बाथरूम र शौचालयको प्रयोग गर्नुपर्छ । यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफैं सफा गर्ने, 

आफू बस्ने कोठा आफैं सफा गर्ने,

घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा आवातजावत कम गर्ने,
 
स्वास्थ्य संस्था जान बाहेक अरु कामको लागि घर बाहिर ननिस्कने, 

 नियमित रूपमा आफ्नो हात साबुनपानीले मिचीमिची २० सेकेन्डसम्म धुने, हात नधोइकन आँखा, नाक र मुख नछुने,
 
आफूले  प्रयोग गर्ने गिलास, कप, खाना खान प्रयोग हुने भाँडा, तौलिया, रुमाल, ओछ्यान वा अरु सामान साझा प्रयोग नगर्ने,
  
अन्य व्यक्तिहरूसँगको प्रत्यक्ष सम्पर्क सकेसम्म कम गर्ने,

अरु व्यक्तिहरूसँगको सम्पर्कमा आउनु पर्दा कम्तिमा १ मिटरको दूरी राख्ने र  अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउने,

खोक्दा वा हाच्छ्यूँ गर्दा टिस्यु पेपर, रुमाल वा कुहिनाले नाकमुख छोप्ने,

आफूले प्रयोग गरिएको टिस्यु पेपर, रूमाल, मास्क लगायतलाई छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्ने । फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्म हात साबुनपानीले मिचीमिची धुने,
   
क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्ने र दिईएको फारममा रेकर्ड राख्ने । १४ दिनसम्म दैनिक स्वास्थ्य स्थितिबारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिने,

(साभार सागर दाहाल, स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन ईकाई प्रमुख)

#mahilaswasthya.com


Comments