छारे रोग: भ्रम र सत्य

काठमाडौं - छारे रोग मस्तिष्क सम्बन्धि एक समस्या हो । जहाँ मस्तिष्कको कुनै एक भाग वा पुरा मस्तिष्क अत्याधिक उत्तेजित भई मानिसमा अनौँठो व्यवहार, अनौँठो अनुभुति वा बेहोस हुने गर्दछन् । 

हाम्रो समाजमा छारे रोगलाई देवी देउता वा भुतप्रेत लागेको भन्ने प्रचलन रहि आएको छ । यसलाई बौलाह रोगको रुपमा हर्ने गरिन्छ । साथै यस्ता समस्या भएका व्यक्तिको छेउमा जादाँ सर्छ भन्ने यससम्बन्धि भ्रमहरु रहेका छन । त्यसकारण यस्ता समस्या देखिएका बिरामीहरु पुजापाठ झारफुकमा लाग्ने गर्दछन् । 

छारे रोग जुनसुकै व्यक्तिलाई पनि हुनसक्छ । यस सम्बन्धि समाजमा फैलिएका गलत धारणका कारण कतिपय बिरामीहरु आफ्नै परिवारबाट अपहेलित हुने गरेको पाइन्छ । केहि बिरामीलाई कोठा भित्र बन्द गरेर राख्ने जस्ता व्यवहार पनि भइरहेका छन् । यस्ता बिरामीलाई पनि समयमा नै उपचार गर्न अस्पताल पुर्याउनुपर्छ ।  

यसका लक्षणहरु 

एकछिन अलमलिनु, 

केहि बेर टोलाउनु,

हात खुटुटा कडा भई काम्नु,

पटक पटक बेहोस हुनु, 

डर वा चिन्ताको अनुभुति हुनु, 

अनौँठो अनुभुति 

करिब ४० देखि ५० प्रतिशत छारे रोगका बिरामीमा मात्र देख्ने वा अफिसको मस्तिष्कको बनावटि खराबी भेटिन्छ । 

कारण

बंशानुगत प्रभाब

टाउकोमा चोटपटक लाग्नु, 

मस्तिष्कघात 

ब्रेन ट्युमर

मस्तिष्क ज्वरो 

दुष्प्रभाब 

दुर्घटना हुनु

पानीमा डुब्नु 

चोटपटक लाग्नु 

गर्भवती महिलामा छारे रोग वा त्यस सम्बन्धि प्रयोग हुने औषधिबाट गर्भमा रहेको भुण्र र आमामा दुष्प्रभाब पर्नु 

मनस्थितीको समस्या९एन्जाइटी, डिप्रेशन, व्यबहारमा परिर्वतन वा आत्महत्याको सोचाई आउनु०

छारे रोगको समुचित उपचार नभएमा छारेरोग पटक पटक दोहोरिनु वा बिरामी अचानक मृत्यु समेत हुनसक्छ । 

पत्ता लगाउने तरिका 

लक्षणको विश्लेषण, 

बिरामीको जाचँ,
 
रगत परिक्षण, 

इ।इ।जी परिक्षण, 

टाउकोको सि टि स्क्यान  

उपचार 

धेरैजसो बिरामीहरुमा औषधिले मात्र पनि यो समस्या निको पार्न सकिन्छ । भने केहि बिरामीको शल्यक्रिया र अन्य उपचारको आवश्यकता पर्न सक्छ । 

यसको औषधि नियमित र सहि मात्रामा प्रयोग गर्नुपर्छ । 

मद्यपान, धुम्रपान र मानसिक तनावबाट बच्नुपर्छ । 

नियमित व्यायम गर्नुपर्छ । 

यसरोगबारे परिवारले सम्पुर्ण जानकारी लिनुपर्छ । 

ध्यान दिनुपर्ने कुरा 

आगो, गहिरो पानि, सवारी साधन सञ्चालन गर्नुहुदँैन

छारे रोग लागेको व्यक्तिलाई देख्ने व्यक्तिलाई नआत्तिएर बिरामीलाई सहयोग पुर्याउनुपर्छ । 

बिरामीको टाउको मुनी केहि कोमल बस्तु वा केहि लुगाहरु राखिदिनुपर्छ । 

वरीपरि घातक वस्तु भए हटाइदिनुपर्छ । 

घाटि कस्सिने कपडा भए खोलिदिनुपर्छ । 

छारे व्यथा ५ मिनेट भन्दा लामो समय लम्बिएमा वा बिरामी १० मिनेटसम्म बिरामी भइराखेमा तुरुन्त अस्पताल लैजानुपर्छ । 

काम्ने बेलामा बिरामीलाई च्याप समाई रोक्ने प्रयास गर्न हुदैँन । 

औला वा चम्चाले बिरामीको बाभिएको दातँ खोल्ने प्रयास गर्न हुदैँन । 

गन्हाउने वस्तु जुत्ता, मोजा र प्याज सुघाउँनु हुदैँन । 

नाक मुख धुनिदिने वा अनुहारमा पानी खन्याइदिने गर्नुहुदैँन । 

(नशारोग बिशेषज्ञ डा. रागेश कर्ण ) 

#mahilaswasthya.com


Comments