रोग सँग लड्ने क्षमता कसरी बढाउने ?
User Image
Written & review by:
बरिष्ठ कन्सलटेन्ट, आयुर्वेद विज्ञ

काठमाडौं- हाम्रो शरीरलाई विभिन्न किसीमको संक्रमण र रोग लाग्नबाट जोगाउने शक्ति वा क्षमतालाई रोग प्रतिरोधात्मक क्षमता९इम्युनिटि० भनिन्छ । यो प्रत्येक मानिसमा आयु, शारीरिक अवस्था, मौसम, खानपिन, रोग आदि कारणले सबल वा दुर्बल हुन सक्छ । यो क्षमता हाम्रो शरीरको जति सबल हुन्छ त्यति नै हाम्रो शरीरमा संक्रमण र रोग लाग्नबाट टाढा राख्न मद्धत गर्छ । जति कमजोर हुन्छ त्यति नै शरीरमा संक्रमण र रोगको जोखिम बढि हुन्छ । 

सबै व्यक्तिमा एकैनाशको रोग प्रतिरोधात्मक क्षमता हुदैँन । एउटै आमाबुबा बाट जन्मेको दुई सन्तान भए एउटा सन्तान आजिवन निरोगी र अर्को आजिबन रोगी भएको हामी देख्न सक्छौ  । 

कुनै मानिस कुनै निश्चित आयु, अवधि, मौसममा बिरामी हुन्छ । भने त्यो बाहेकको अवस्थामा स्वस्थ जिवनयापन गर्न सक्छ ।  हाम्रो शरीरमा भएको रोग प्रतिरोधात्मक क्षमता र त्यसको वृद्धि विकास एंव विभिन्न किसीमको रोगसँग लड्ने क्षमता तिन अवस्था जन्मजात, आयुजन्य, मुक्तिजन्यमा पुरा हुन्छ । 

जन्मजात रोग प्रतिरोधात्मक क्षमता

कोहि व्यक्ति सानै उमेर वा बाल्यकालदेखि नै कम बिरामी हुने हुन्छ । भने कोहि सधैँ बिरामी भइराख्छन् । यस्तो किसीमको रोग प्रतिरोधात्मक क्षमतालाई जन्मजात रोग प्रतिरोधात्मक क्षमता भनिन्छ । 

आयुजन्य रोग प्रतिरोधात्मक क्षमता

कुनै व्यक्ति बाल्यवस्था र बयस्ककालमा अत्याधिक संक्रमणको शिकार हुन्छ । र निश्चित आयु कटेपछि त्यो मानिसमा त्यति संक्रमण देखिदैँन । उमेर र शारीरिक अवस्थाको कारण पनि स्वतह रोग प्रतिरोधात्मक क्षमता बलियो हुदै जान्छ । 

मुक्तिजन्य रोग प्रतिरोधात्मक क्षमता

हामीले खाना, विभिन्न पोषक तत्व, औषधि, खोप आदिबाट प्राप्त रोग प्रतिरोधात्मक क्षमता प्राप्त गर्छौ । यस्तो किसीमको रोग प्रतिरोधात्मक क्षमतालाई मुक्तिजन्य रोग प्रतिरोधात्मक क्षमता भनिन्छ । पोलियो, दादुरा क्षयरोग आदिको खोप लिएर हामीले आफ्नो शररिलाई क्रमश पोलियो, दादुरा क्षयरोग लाग्नबाट जोगाउन सकिन्छ । 

हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणका साथै मृत्यु समेत भइरहेको  छ । गलत खानपिन, अस्वस्थ्यकर खानपिन र अस्वस्थ्य जिवनशैलीका कारण क्रमश रोग प्रतिरोधात्मक क्षमता कमजोर हुदैँ गइरहेको छ । 

संसारभरी फैलिएको कोरोनाको संक्रमित मभ्ये ८० प्रतिशतको स्वास्थ्य सामान्य रहेको छ । भने बाकिँ २० प्रतिशतको तुलनात्मक रुपमा संक्रमण बढि देखिएको छ । २० प्रतिशतमध्ये ३ देखि ४ प्रतिशत संक्रमितको को मृत्यु हुन्छ । र बाकिँ १६ देखि १७ प्रतिशत संक्रमितकोे उपचार पछि निको हुन्छ । 

रोग प्रतिरोधात्मक क्षमता बलियो भएमा कोरोना लगायत अन्य संक्रामकजन्य रोगको संक्रमणबाट पनि सुरक्षित हुन सकिन्छ । 

शहरमा बसोबास गर्ने मानिसहरुमा तिब्र गतिमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनुका साथै हृयुमोटोइड अर्थराइटिस, सोरियाइसिस आदि गलत खानपिन र जिवनशैलिले प्रभाब पारेको हुन्छ । जसका कारण विभिन्न किसीमका रोग लाग्ने गर्दछ । 

खानपिन 

शरीरको उमेर, शरीरको अवस्था क्रृतु अनुसार पच्ने खानेकुरा भोग लागेको समयमा मात्र खानुपर्छ ।  

प्रत्येक दिन सम्भव भए ४ देखि ५ किसीमको फलफुल खानुपर्छ । तर फलफुल खाना सँगै नखाई दिउँसको समयमा खानु उपयुक्त हुन्छ । 

खाना खाने बित्तिकै पानी खानुहुदैँन । खाना खाएको कम्तिमा एक घण्टा पछि गिलासबाट बिस्तारै पानी पिउनुपर्छ । 

भिटामिन सि भएको फलफुल जस्तै सुन्तला, अमला, हरियो खुर्सानी, तरकारी र अन्य खाद्यपदार्थ खादाँ रोग प्रतिरोधात्मक क्षमता बलियो हुनुको साथै संक्रमणको प्रभावलाई पनि न्युनिकरण गर्छ । ( लेखक बरिष्ठ कन्सलटेन्ट, आयुर्वेद विज्ञ हुन्) 

#mahilaswasthya.com


Comments