कोरोना अपडेटः कहाँको अवस्था कस्तो ?

नोबेल कोरोनाभाइरस कोभिड–१९ संक्रमणले इटालीमा भयावह रुप लिएको छ । अहिले सम्म इटालीमा यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ४८२५ पुगेको छ ।  शनिबार मात्रै त्यहाँ ७९३ जनाको ज्यान गएको समाचार संस्था एपीएफले जनाएको छ । इटलीमा कोरोनाका कारण एकै दिन भएको यो अहिलेसम्मकै धेरै मृत्यु हो ।

सिन्ह्वाका अनुसार इटालीमा संक्रमितको संख्या ५३ हजार ५७८ पुगेको छ। सो मध्ये कबिर ६ हजार जना निको भएका छन् । 

इटालीपछिका  धेरै प्रभावित देशहरु 

चीन- मृत्यु:३२६०, संक्रमित: ८१,३२१ निको: ७१,८६२
इरान- मृत्यु:१५५६, संक्रमित: २०६१०, निको: ७६३५
स्पेन - मृत्यु: १३७५, संक्रमित: २५,३७४, निको: २१२५
फ्रान्स - मृत्यु: ५६२, संक्रमित: १४३०८, निको: १२
अमेरिका- मृत्यु: ३०५, संक्रमित: २५,४९३, निको: १७१

#mahilaswasthya.com


Comments