स्वास्थ्यमा असर गर्ने मेथानोल भेटिएपछि ५ वटा उद्योगका ह्याण्ड सेनिटाइजर बिक्री–वितरणमा रोक

काठमाडौं- कोरोना रोकथामका लागि प्रभावकारी मानिएको ह्याण्ड सेनिटाइजरमा स्वास्थ्यलाई असर गर्ने मेथानोल मिसाएको पाइएको छ। राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा सुनसरीका २, विराटनगरका दुई र ललितपुरका १ गरी ५ वटा उद्योगले ह्याण्ड सेनिटाइजरमा मेथानोल मिसाएको पाइएको हो। 

मेथानोल मिसाएको पाइएपछि औषधि व्यवस्था विभागले यी ६ वटा उद्योगको ह्याण्ड स्यानिटाइटर बिक्रीवितरणमा रोक लगाएको छ। तोकिएको मापदण्ड विपरीत विषाक्त रसायसन मिसाइको पाइएकाले तत्काल बिक्री वितरण रोक्न विभागले निर्देशन दिएको छ। 

सीता हर्बल प्रोडक्ट नर्सिङ सुनसरी नेपालको क्लिनिक ह्याण्ड हर्बल ह्याण्ड सेनिटाइजर ५० एमएल र ५ सय एमएल, मकालु जडिबुटी प्रो. प्राइभेट लिमिटेड लक्ष्मी सडा धरान सुनसरीको सेफ ह्याण्ड हर्बल ह्याण्ड सेनिटाइजरमा मेथानोल पाइएको विभागले जनाएको छ। 

यस्तै, सुनिमा आयुर्वेद कम्पनी प्राइभेट लिमिटेड विराटनगरको सुनिमा ह्याण्ड सेनिटाइजर, एमके हर्ब इन्डस्ट्री ललितपुरको भिउज ह्याण्ड सेनिटाइजर र ग्यालक्सी डेन्टल एण्ड सर्जिकल प्रा.लि विराटनगर मोरङको ह्याण्ड सेनिटाइजरमा मेथानोल पाइएको हो। 

मेथानोल विषाक्तताका कारण वाकवाक लाग्ने, टाउको दुख्ने, दृष्टि धमिलो हुने तथा आँखाको दृष्टि नै गुम्न सक्ने खतरा हुन्छ। 

#swasthyakhabar.com


Comments