राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नियमित परीक्षण सुरू गर्ने

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले नियमित परीक्षण सेवा सुरू गर्ने भएको छ।

कोरोना महामारीको कारण बन्द गरिएको नियमित परीक्षण आइतबारबाट सुरू हुने प्रयोगशालाले जनाएको छ।

प्रयोगशालाले बिहिबार एक सुचना प्रकाशित गर्दै हाल २०० सय बिरामीको परीक्षणबाट सेवा सुरूवात गरी आवश्यकता अनुसार बढाउँदै लैजाने जनाएको छ।
नमुना संकलन बिहान ८ देखि दिउँसो १२ बजेसम्म हुनेछ।

प्रयोगशालमा सेवा दिन आउँदा सम्पुर्ण बिरामीहरूले स्वास्थ्य मापदण्ड मापदण्ड पुर्णरूपमा अपनाउन समेत आग्रह गरेको छ।

कोरोना माहामारीको कारण गत चैत्र ७ गते देखि नियमित सेवा बन्द गरिएको थियो। प्रयोगशालाले कोरोना परीक्षणलाई तिब्रता दिइरहेको थियो।

#healthpostnepal.com


Comments