कसरी खराब हुन्छ बालबालिकाका मिर्गौला?

परिवर्तित जीवनशैली, उच्च रक्तचाप, मधुमेहलगायतका कारणले पछिल्ला दिनमा बयष्क उमेर समुहमा मिर्गौला रोगको जोखिम बढ्दो छ ।

त्यसको मतलव मिर्गौलाका समस्या बयष्कहरुमा मात्रै सीमित छन् । कलिलै उमेर बालबालिका समेत यो दीर्घरोगबाट पीडित छन् ।
तर बयस्क र बालबालिको मिर्गौला समस्याका कारण समान छैनन् ।

बच्चामा जन्माजात नै मिर्गौला खराब हुने गर्छ ।

बच्चाहरुमा पिसाब बग्ने नलिमा हुने अवरोध, पिसाबको संक्रमण, राम्रोसँग पिसाब फेर्न नसक्ने अवस्था, चोटपटक, पिसाब थैलिले राम्रोसँग काम नगरेमा, पत्थरीको समस्या जस्ता कारणले मिर्गौला बिग्रन सक्छ ।

मिर्गौलाको आफ्नै रोग क्रोनिक ग्लुमरो नेफ्राइटिस भएमा र समयमा नै उपचार नभएमा मिर्गौला बिग्रन सक्छ ।

मिर्गौलामा ग्लोमेरुलस भनेको छान्ने जाली हो । हरेक मिनटमा एक लिटर रगत जति ग्लोमेरुलसबाट छानिन्छ ।

शरिर हुने प्लाज्मा लवण, ग्लुकोज र अरु धेरै पदार्थहरु त्यहाँ छानिन्छ ।

तर यसरी छान्ने प्रक्रियामा अवरोध हुँदा मिर्गौलामा समस्या उत्पन्न हुने गर्दछ । बालबालिकाको पिसाब रोकिएमा वा पिसाब गर्दा गाह्रो भएमा, ज्वरो आएमा तुरुन्त चिकित्सकको सल्लाह लिनु पर्छ ।

मानिसको शरीरमा दुईवटा मिर्गौला हुन्छ । दाहिने मिर्गौला देब्रे मिर्गौला भन्दा अलिकति तल हुन्छ । किनभने दाहिनेपट्टि कलेजोलो ठाँउ ओगटेको हुन्छ ।

वयस्क मिर्गौलाको तौल एक सय ४० ग्राम हुन्छ भने ४ देखि ५ इन्च लामो र एकदेखि एक दशमलव ५ इन्च चौडा हुन्छ । मिर्गौलाहरु सिमीको दाना आकारको देखिन्छ ।

मिर्गौलाले मानव शरीरका लागि आवश्यक रागतलाई शुद्ध पार्ने काम गर्छ ।

यसका साथै यसको मुख्य काम भनेको शरीरमा रहेका अनावश्यक वस्तुलाई छानेर बाहिर फान्ने काम गर्दछ । मिर्गौलाका अन्य थुप्रै कामहरु हुन्छन् ।

मिर्गौलाका प्रमुख काम
पिसाब बनाउने, रेनिन पैदा गर्ने

एरिथ्रोपोएटिन बनाउन मद्धत गर्ने

भिटामिन ‘डि’ सक्रिय अवस्थामा पुर्याउनु र पिसाब पैदा गरेर शरिर भित्रको इक्युलिबिरिम सन्तुलित गर्ने

पानीको सन्तुलन मिलाउनु र बढी भएको पानी बाहिर निकाल्नु

इलेक्ट्रोसाइटको (सोडियम, पोटासियम) सन्तुलन मिलाउनु

रगतको ‘पि.एच’ बनाउनु

रगतको लवणको मात्रा बनाउनु

अनावश्यक वस्तुहरुको निस्कासन

बढी लवण निस्कासन गर्नु

मिर्गौलाले स्वस्थ रुपमा काम गर्न नसकेपछि शरीरमा विभिन्न समस्याहरु देखिन्छन् ।

मिर्गौलामा हुने समस्याहरु वयस्कहरुमा बढीमात्रामा मदिरा सेवन, अस्वस्थकर खानपिन, अनावश्यक र दुखाई कम गर्ने औषधिको बढी प्रयोग, व्यायामको कमी तथा प्रयाप्त मात्रामा पानीको सेवन नगर्नु हुन् ।

मिर्गौलामा समस्या हुने वित्तिकै मिर्गौलाले विस्तारै काम गर्न छाड्छ र मानिसका शरीरमा अनावश्यक र फोहोर कुराहरु रगतका माध्यमवाट जाने गर्छ ।

मिर्गौलाले काम गर्न छाड्दै गएपछि विस्तारै मिर्गौला पुर्ण रुपमा फेल हुन्छ र मानिसको मृत्यु समेत हुने गर्दछ ।

बयस्कको तुलनामा बच्चाको मिर्गौला कम मात्रामा बिग्रन्छ ।

बच्चाको मिर्गौला बिग्रनुमा बयस्कको जस्तो मदिरा, जीवनशैली जस्ता कारण नभई जन्मजात तथा पिसाबका संक्रमणका कारण प्रमुख हो ।

#healthpostnepal.com


Comments