बालबालिकाको लागि कुन हिटर उपयुक्त

काठमाडौं- जाडो बढेसगैँ धेरैजसो अभिभाबकहरुले आफ्ना बालकालिकालाई चिसो लाग्नबाट जोगाउनका लागी हिटरको प्रयोग गर्ने गर्दछन् । तर धेरैजसो अभिभाबकहरुले बालबालिकालाई न्यानो राख्न कस्तो हिटर प्रयोग गनुपर्छ भन्ने बारे खासै ध्यान दिदैनन् । 

बालबालिकालाई न्यानो राख्न हिटरको प्रयोग गर्न चाहाने अभिभाबकहरुले हिटर किन्दा बिशेष ध्यान दिनुपर्ने हुन्छ । बजारमा तिन खाले ९ओइल हिटर वा ओइल फिल्ड हिटर, इन्फ्रारेड वा हलोजेन हिटर र फ्यान हिटर वा ब्लोअर र क्वल हिटर० हिटरहरु उपलब्ध छन् । बालबालिकालाई यि तिन मध्ये कुन हिटर उपयुक्त हुन्छ तल प्रस्तुत गरिएको छ । 

ओइल हिटर वा ओइल फिल्ड हिटर

यो हिटर बालबालिकाको लागी सबैभन्दा राम्रो र सुरक्षित हुन्छ । यो हिटर प्रयोग गर्दा कोठा तात्न समय लाग्ने तर बन्द भएपछि लामो समयसम्म ताप रहिरहन्छ । 

इन्फ्रारेड वा हलोजेन हिटर

यो हिटर प्रयोग गर्दा सानो क्षेत्र एकैछिनमा तात्छ । तर पुरा कोठालाई तातो बनाउदैँन । 

फ्यान हिटर वा ब्लोअर र क्वल हिटर

यो हिटर प्रयोग गर्दा कोठाको ओस कम गर्छ । जसका कारण बालबालिकाको स्वास प्रणली सुख्खा पार्छ । सुरक्षाको हिसाबले यो राम्रो मानिदैँन । 

६ महिना भन्दा कम उमेरका शिशुका लागी थर्मोस्टेट अर्थात तापक्रम डिजिटल्लि नियन्त्रण गर्ने प्रविधि० जडान गरिएको हिटर अझ उपयुक्त हून्छ ।

#mahilaswasthya.com/news


Comments