कोभिड–१९ विरुद्धको खोप खरिदका लागि युनिसेफ र पान अमेरिकी स्वास्थ्य संगठनले मागे बोलपत्र प्रस्ताव

काठमाडौं- युनिसेफ र पान अमेरिकी स्वास्थ्य संगठन (पिएएचओ) ले सन् २०२१ मा कोभिड–१९ विरुद्वको खोप आपूर्तिका लागि खोप विकासकर्ताहरूसँग प्रस्ताव माग गरेका छन्।

युनिसेफ र पिएएचओले बोलपत्र आव्हान गर्दै कोभिड–१९ विरुद्वको खोप आपूर्तिका लागि खोप विकासकर्ताहरूसँग प्रस्तावको माग गरेका गरेका हुन्। ६ सातासम्म चल्ने बोलपत्र प्रक्रियामार्फत गाभीको व्यवस्थापनमा कोभ्याक्स फसिलिटीको तर्फबाट कम्तीमा २ अर्ब खोप आपूर्ति गर्ने लक्ष्य राखिएको छ।

उक्त सहकार्यमा आवद्व  १ सय ८६ वटा देशलाई  गुणस्तरीय खोप समान एवं तीव्र रूपमा प्रदान गर्नु बोलपत्र प्रक्रियाको उद्देश्य छ। 

गाभीलाई अग्रिम रूपमा बिक्री गर्ने प्रतिवद्वता व्यक्त गरेका एवं खोप विकासको लागि महामारी विरुद्वको तयारी गठबन्धन (सिइपिआई) सँग सम्झौता गरिसकेका र सन् २०२१ को अन्त्यसम्म आपूर्ति सुरू गर्न सक्ने अपेक्षा राखेका सबै उत्पादकहरूलाई बोलपत्र पेस गर्न आव्हान गरिएको छ।  

आव्हान गरिएको बोलपत्रका लागि खोप उत्पादकहरूले प्रस्ताव पेस गर्नको लागि गाभीमा आवद्व १८६ देशमा आवश्यक पर्ने खोपको संख्या सम्बन्धमा गरिने अध्ययन पनि समावेश गरिएको हुन्छ। 

सम्भावित उत्पादकहरूबाट तयार हुने अनुमतिप्राप्त खोप विश्व बजारकै सर्वाधिक कम मूल्यमा प्राप्त गर्दै उच्चतम आपूर्ति कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। 

सहभागी १ सय ८६ देशमध्ये न्यून आय भएका ९२ वटा देशले कोभ्याक्स फसिलिटी अन्तर्गतको अग्रिम बजार प्रतिबद्वता (एएमसी) मार्फत आर्थिक सहयोग प्राप्त गर्ने पिएएचओले जनाएको छ। जस अन्तर्गत विश्व बैंकद्वारा न्यून तथा मध्यम आय भएका देशको रूपमा परिभाषित एवं अन्तर्राष्ट्रिय विकास सहायता प्राप्त गर्न योग्य देशहरू पर्ने उल्लेख गरिएको छ। 

एएमसीमा आवद्व देशहरूमध्ये अमेरिकी महादेश बाहिर रहेका ८२ वटा देशका लागि खोप खरिद गर्न युनिसेफले नेतृत्व गर्नेछ भने पिएएचओले आफूसँग रहेको साझा कोषमार्फत अमेरिकी महादेशमा रहेका आफ्ना १० वटा सदस्य राष्ट्रको लागि खोप खरिद गर्नेछ। 

कोभ्याक्स पÞmसिलिटीमा आवद्ध तर आफ्नै लगानीमा खोप खरिद गर्ने देशहरूले यसमार्फत गरिएका सम्झौताका मुख्य बुँदाहरूमा आधारित रहेर आफैंले वा युनिसेफ तथा पिएएचओमार्फत पनि खरिद गर्न सक्छन्। 

अमेरिकी महादेशमा रहेका इच्छुक सदस्य राष्ट्रहरूको लागि पिएएचओले खरिद गर्नेछ भने हालसम्म २८ वटा देशहरूले कोभ्याक्स फसिलिटीसँग आफ्नै खर्चमा खोप खरिदको लागि सम्झौता गरिसकेका छन्। 

खरिद तथा हस्तान्तरण कार्यमा सहजीकरणका लागि दीर्घकालीन सम्झौता गर्नुका साथै युनिसेफ र पिएएचओले कोभ्याक्स फसिलिटीको सहजीकरणमा खोप खरिद सम्बन्धी अग्रिम प्रतिबद्धतामा आवद्व गराउनको लागि थप देशहरूको पहिचान गर्ने उल्लेख गरिएको छ। 

उत्पादकहरूले न्यून आय भएका देशहरूमा युनिसेफ र पिएएचओसँगका सर्तहरू बमोजिम खोप आपूर्ति गर्नेछन्। प्रमुख नियामक निकायहरूसँगको समन्वयमा सुरक्षा, प्रभावकारिता एवं गुणस्तर प्रमाणित गर्ने काम विश्व स्वास्थ्य संगठनले गर्नेछ।

कोभिड–१९ विरुद्वको खोपमा शीघ्र पहुँच सुनिश्चित गर्नको लागि योग्य उत्पादकहरूसँग आपूर्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने लक्ष्य रहेको युनिसेफ र पिएएचओले जनाएको छ। 

#swasthyakhabar.com


Comments