स्वस्थ रहन शारीरिक गतिविधि अत्यावश्यक

काठमाडौं - शरीर स्वस्थ्य राख्नका लागी शारीरिक गतिविधि नियमित गर्नुपर्छ । नियमित शारीरिक गतिविधिले सीभीडीको सम्भावनालाई घटाउँछ। मधुमेह, रक्तचाप र हृदयाघात आदिबाट पीडित बिरामीलाई नियमित शारीरिक गतिविधिले धेरै फाइदा पुर्याउँछ। 

क्रियाशील रहेने व्यक्तिमा स्वास्थ्य समस्याहरु कम हुन्छन् । नियमित शारीरिक गतिविधिले अङ्गहरुको रक्तसञ्चारमा सुधार ल्याउँछ जसले गर्दा अङ्गहरू स्वस्थ रहन्छन्। साथै क्यालोरी खर्च गर्छ, जसले गर्दा मोटोपना हुन दिँदैन।

साइकल चलाउनु स्वास्थ्यको लागि धेरै राम्रो मानिन्छ। तर वृद्ध अवस्थामा साइकलबाट लडेर दुर्घटना हुने सम्भावना बढी भएकोले हिँड्नु नै राम्रो हो ।

नियमित शारीरिक गतिविधि सुरु गरेपछि बन्द गर्नु हुँदैन। बन्द गरेमा शारीरिक गतिविधिबाट प्राप्त भएको सबै स्वास्थ्यलाभ केही दिनमा नै हराउँछ।

स्वस्थ्य मानिसमा रोगको रोकथाम 

मधुमेह 

उच्च रक्तचाप 

मोटोपना क्यान्सर

अस्वस्थ्य मानिसमा रोगको रोकथाम

सुगर घटाउँछ ।

रक्तचाप घटाउँछ ।

 कोलेस्टा्ेल घटाउँछ तौललाई नियन्त्रणमा राख्छ ।

अन्य फाइदाहरु 

स्फर्ति आउँछ । 

आत्मबल राम्रो हुन्छ ।

खाना रुच्छ ।

निन्द्रा राम्रो लाग्छ ।

मानसिक तनाब कम गर्छ ।

माशंपेशिलाई बलियो बनाउँछ ।

शरीरमा अक्सिजनको मात्रा बढाउँछ ।

(डा.ओममूर्ति अनिलको पुस्तक ‘म पनि डाक्टर’ बाट लिइएको केहि अंश)

 

महिला स्वास्थ्य

#mahilaswasthya.com


Comments