पार्किन्सन्स भनेको के हो र के खाने के नखाने ?

काठमाडौं- मांसपेसशको लचिलोपन कम भएर राम्रोसँग शरीर नचल्ने स्थितीलाई पार्किन्सन्स भनिन्छ । बिशेषगरि यो रोग ५० बर्ष देखि ६० बर्ष उमेर समुहका व्यक्तिमा हुनसक्छ । यस रोग लागेमा मस्तिष्कको कार्यमा गडबढ आई मांशपेशिको गतिमा अवरोध हुन्छ । 

मस्तिष्कमा भएको स्नायुकोषले डोपामाइन नामक महत्वपुर्ण रसायन बनाउने गर्छ । यस रसायनले मस्तिष्कमा आवश्यक संकेत तथा निर्देशन पठाई शरीरको विभिन्न भागमा मांशपेशिको गति नियन्त्रण गर्ने काम गर्छ । साधारण अवस्थामा मस्तिष्कबाट प्राप्त निर्देशन अनुसार मांशपेशिको गतिमा नियन्त्रण भई शरीरका विभिन्न अंगहरुले सन्तुलित कार्य गर्न सक्छन् । तर पार्किन्सन्स भएपछि स्नायुकोष निस्क्रिय हुने भएकाले डोपामाइन रसायन बन्न सक्दैन । परिमाण स्वरुप मस्तिष्कले शरीरको मांशपेशि गतिमा नियन्त्रण गर्न सक्दैन यसले गर्दा व्यक्ति सिधा उठ्न नसक्ने हातखुटुटा काप्ने मांशपेशिको लचिलोपना कम हुने तथा बाउडिने लड्ने आदि समस्या आउन सक्छ । 

विश्वमा झण्डै ५० लाख भन्दा बढि व्यक्तिमा यो समस्या भएको र महिलाको तुलनामा पुरुषमा दुई गुणा बढि पार्किन्सन्सको सम्भाबना भएको अध्ययनले देखाएको छ ।

प्रौढावस्थामा यो समस्या देखिने भएपनि ३० देखि ४० बर्षका व्यक्तिहरु पनि यो रोगबाट पिडित भएको पाइन्छन् । यो समस्याबाट देखिने लक्षण व्यक्ति अनुसार फरक फरक हुन्छ । कसै कसैमा हलुका प्रकारको मात्र लक्षण देखिन्छ । यस्तो अवस्थालाई व्यवस्थापन गरि सक्रिय जिवनयापन गर्न सफल हुन्छ । तर कसैमा जटिल प्रकारको समस्या हुन्छ र उ निस्क्रिय जिवन व्यतित गर्न बाध्य हुन्छ । 

यो रोग पुर्ण रुपमा निको पार्न नसकेपनि यसबाट हुने समस्यालाई नियन्त्रण एवम व्यवस्थापन गर्न सकिन्छ । यसका लागी औषधौ उपचार नै प्रमुख भएपनि व्यक्तिको खानपिन गर्ने तरिका तथा भोजनको प्रकारमा परिमार्जित गर्न सकेमा यसबाट देखिने समस्या कम गर्न सकिन्छ । 

भोजनमा ध्यान दिनुपर्ने कुराहरु 

सबै प्रकारका खाद्यसमुहबाट खाद्यपदार्थको छनोट गरि भोजनमा समाबेश गर्नुपर्छ । 

बिरामीको अवस्था तथा शररीको तौल हेरी सोहि अनुरुप दैनिक आवश्यक पर्ने क्यालोरीको व्यवस्था गर्नुपर्छ ।  

भोजनमा प्रशस्त फाइबरयुक्त खाद्यपदार्थ समावेश गर्नुपर्छ । 

भोजनमा तृप्त फ्याटि एसिडयुक्त खाद्यपदार्थ तथा कुनै कोलेस्ट्रोल भएका खानाको परिकार कम गर्नुको साथै चिनी तथा नुनको मात्रामा पनि ध्यान दिनुपर्छ । 

दैनिक बिरामीको भोजमा प्रशस्त झोल पदार्थ तथा शुद्ध पिउने पानी समाबेश गर्नुपर्छ । 

खाना प्रतिको रुची कम हुने भएकाले बिहान, दिउँसो, बेलुकाको खाना बाहेक बिच बिचमा थोरै पोषिलो खाद्यपदार्थ समावेश गर्नुपर्छ । 

दैनिक खानामा तयारी खाद्यपदार्थ तथा पेय पदार्थ समावेश  गर्नुपर्छ । 

बिरामी एक्लैलाई खुवाउनुभन्दा परिवारको सहयोग र साथमा राखेर खुवाउँदा बिरामी रमाउनुको साथै खानाप्रती रुची पनि बढ्छ । 

बिरामीलाई खाना खान र निल्न गाह्रो छ भने नरम खाना छनोट गर्नुको साथै पकाउने विधिमा पनि ध्यान दिनुपर्छ । 

ओमेगा थ्रि फ्याटि एसिडयुक्त खाद्यपदार्थ बिशेषत माछाको प्रकार भोजनमा समावेश गर्नुपर्छ । यसले तन्तुहरु बनाउन तथा स्वास्थ्य राख्न मद्धत पुर्याउँछ । 

मद्यपान धुम्रपान तथा अन्य काब्रोनेटयुक्त पेय पदार्थ भोजनमा परहेज गर्नुपर्छ । यसै गरी धेरै तातो र चिसो खाद्य पदार्थ पनि भोजनमा समावेश नगर्दा बेस हुन्छ । 

यदि बिरामीलाई खाना चपाउन र निल्न गाह्रो छ, खानाप्रती रुचि पनि कम छ भने खिचडि, सुप, ताजा फलफुलको रस, मिल्कसेक, पुडिङ, अण्डाको कस्टर्ड, खिरजस्ता चपाउन र निल्न सजिला खाद्यपरिकार दिनुपर्छ । 

यस प्रकार दैनिक भोजनको राम्रो व्यवस्थाका साथै सिफरिस गरिएको औषधि समयमा सेवन गराउने हो भने यस रोगबाट देखिने लक्षणहरु न्युनिकरण गर्न सकिन्छ जसले गर्दा बिरामीलाई सहज किसीमले जिवन यापन गर्न मद्धत पुग्छ ।

#mahilaswasthya.com


Comments