काठमाडौं- अभिभाबकले बालबालिबकाको राम्रो हेरचाह गरे पनि कहिले काहिँ केहि समस्याहरु आउन सक्छन । अभिभाबक केहि समयका लागी यता उता जादाँ पनि बालबालिकाले जानी नजानी केहि खाएर घाटीमा अड़किएर सास फेर्न गाह्रो हुन सक्छ ।
यस्ता समस्या भएमा अभिभाबकहरु आत्तिन सक्छन् । उनिहरुलाई के गर्नै भन्ने अन्योलता हुन सक्छ । यस्तो अवस्थामा अस्पताल नपुर्याउन्जेल सम्मको लागी अभिभाबकले यी तरिका अपनाएर प्राथमिक उपचार गर्न सक्छन् ।
बालबालिकाको दुई पाता बिचको माथिल्लो भागमा हत्केलाको तल्लो भागले ५ पटक प्रहार गर्ने ,
ननिस्केमा दोस्रो चरणमा जाने,
बालबालिकालाई अगाडि निहुराउने, पछाडिबाट आफ्नो दुबै हात बालबालिकाको माथिल्लो पेटमा राखेर कस्ने माथि र भित्री दिसामा आफुतिर ५ पटक थिच्ने,
अस्पताल नपुगुन्जेल वा सो वस्तु बाहिर ननिस्कुनजेल यो प्रक्रृया दोहोराई रहने,
Comments