के एकपटक कोभिड लागिसकेको मानिसले भ्याक्सिन लगाउनुपर्छ?

गत महिनाको अन्त्यतिर फाइजर र मोडेर्नाले प्रयोगात्मक भ्याक्सिनको परिणाम सार्वजनिक गर्दै गर्दा सिनेटर र्‍यान्ड पलले एक विवादास्पद ट्वीट लेखे।

रिपब्लिकन अफि केन्तुकीका पलले नयाँ भ्याक्सिनहरू एउटा ९० प्रतिशत र अर्को ९४.५ प्रतिशत प्रभावकारी रहेको बताउँदै एकपटक कोभिड-१९ लागिसकेपछि त्यसबाट ‘प्राकृतिक रूपमा प्राप्त’ इम्युन रेस्पोन्स ९९.९९८२ प्रतिशत प्रभावकारी हुने बताएका थिए।

‘उनको यस्तो अभिव्यक्तिले कोरोना संक्रमणलाई कसले सामना गर्न सक्छ त भन्ने प्रश्न उब्जाएको छ,’ युनिभर्सिटी अफ टोरोन्टोकी इम्युनोलोजिस्ट जेनिफर गोमरम्यानले भनिन्, ‘अरू सबै कुरालाई थाँती राखेर भन्ने हो भने भ्याक्सिनको सट्टा संक्रमणलाई रोज्नु भनेको एकदमै नराम्रो निर्णय हो।’

‘भ्याक्सिनको अहिलेको प्राथमिक फाइदा भनेको प्रभावकारिता नै हो,’ उनले भनिन्, ‘यी भ्याक्सिनलाई शरीरमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न अनुकुल बनाइएको हुन्छ।’ 

तर हामीलाई कोभिडबाट प्राकृतिक रूपमा प्राप्त इम्युन रेस्पोन्सभन्दा भरखर बनेका भ्याक्सिन राम्रा हुन् या होइनन् भन्ने बारेमा थाहा छ त? यदि कुनै व्यक्तिलाई एकपटक कोभिड भइसकेको छ भने फेरि भ्याक्सिन लगाउनुपर्छ कि पर्दैन? न्यूयोर्क टाइम्सले यस विषयमा विभिन्न विज्ञसँगको छलफलमा यी र यस्तै प्रश्न गरेको छ।

सबैभन्दा प्रभावकारी इम्युन रेस्पोन्स कसले प्रदान गर्छ : संक्रमणले कि भ्याक्सिनले?
यसको सबैभन्दा छोटो उत्तर- यो नै हो भन्ने थाहा छैन। तर, पहिले नै प्रयोगात्मक भइसकेकाले कोभिड-१९ विरूद्धका भ्याक्सिनले रोगहरूबाट बचाउने गर्छन् र तिनीहरू सुरक्षित पनि उत्तिकै हुने गर्छन्।

केहि रोगजन्य भाइरस र ब्याक्टेरियाविरूद्ध लगाइने भ्याक्सिनले शरीरले अन्य समयमा प्राकृतिक रूपमा प्रदान गर्ने इम्युन रेस्पोन्सभन्दा राम्रो इम्युनिटी बढाइरहेको हुन्छ। भरखरै प्राप्त भएका विभिन्न तथ्यहरूका अनुसार मोडेर्नाको भ्याक्सिन लगाएका स्वयंसेवकको शरीरमा एकपटक कोभिड भइसकेका व्यक्तिभन्दा बढी इम्युनिटी देखिएको थियो।

तर अरू केसमा भने प्राकृतिक संक्रमणबाट प्राप्त हुने इम्युनिटी भ्याक्सिनभन्दा बढी शक्तिशाली हुने गरेका छन्। उदाहरणका लागि पुरूषलाई बाँझोपनको समस्यासमेत दिन सक्ने हाडे रोगलाई पनि लिन सक्छौं। यो रोगविरूद्धको भ्याक्सिनको प्रयोग गर्नाले पनि पुनः संक्रमण भएको घटनाहरू पनि प्रशस्तै छन्।

पलका अनुसार कोरोना भाइरसबाट प्राप्ता प्राकृतिक इम्युनिटी धेरै नै शक्तिशाली छ। संक्रमण भएको ठूलो समुदायले यो एन्टीबडीको विकास गर्दछन् र पुनः कोरोना संक्रमण हुनबाट बँच्दछन्। अहिलेसम्म प्राप्त भएका तथ्यहरूले यस्तो इम्युनिटी वर्षौंसम्म पनि रहने र यस्ता गम्भीर संक्रमणबाट बचाउने (यदि पुनः संक्रमण नभएमा) देखाएका छन्।

‘जसलाई सामान्य प्रकारको संक्रमण भएको त्यस्ता व्यक्तिको शरीरमा रहेको एन्टिबडीले पुनः संक्रमण हुनबाट केही महिनामात्र बचाउन सक्छन्, त्यस्ता व्यक्तिका लागि भ्याक्सिनले अझ प्रभावकारी रूपमा काम गर्छ’ हार्वार्ड टी.एच. चान स्कूल अफ पब्लिक हेल्थका इपिडेमियोलोजिस्ट बिल ह्यानेजले भने।

हाम्रो शरीरभित्र कस्तो किसिमको रोग प्रतिरोधात्मक क्षमता छ भन्ने कुरा हाम्रो शरीरभित्र रहेका भाइरसका प्रकारले पनि निर्धारण गरिरहेको हुन्छ। ‘सबैलाई एकै किसिमका भ्याक्सिनका डोजहरू दिइन्छ भन्ने हामीलाई थाहा छ र भ्याक्सिनले पनि यसैअनुरूप काम गर्ने गर्छ,’ डा गोमरम्यान भन्छन्, ‘त्यसैले भ्याक्सिनको प्रयोग गरिसकेपछि संक्रमण रहँदैन।’

म जवान, स्वस्थ छु र ममा कोभिडको जोखिम कम छ। यो नै मेरा लागि पर्याप्त हुँदैन र? मैले किन हतारमा भ्याक्सिन लगाउने?
यो विषयमा सबै विज्ञहरूको उत्तर एउटै थियो- कोभिड-१९ तुलनात्मक रूपमा धेरै नै जोखिमयुक्त विकल्प हो।  

‘कुनै व्यक्ति आफ्नो शरीरको तन्दुरूस्तताका कारण अन्य संक्रमितभन्दा छिटो निको हुन सक्छ, तर संक्रमण भइसकेपछि यसले धेरै नै जोखिमहरू निम्त्याउने गर्छ।’ सिटलस्थित युनिभर्सिटी अफ वासिंटनका इम्युनोलोजिस्ट म्यारियन पेप्परले भनिन्।

तुलनात्मक रूपमा कम उमेर भएका र महिलाहरूमा संक्रमणको जोखिम कम देखिएको छ तर डायबेटिजस्ता रोग लागेका व्यक्तिका लगि यो निकै नै घातक हो। १८-३४ वर्षका करिब ३ हजारभन्दा बढी अस्पतालमा भर्ना भएका कोरोना संक्रमितमा गरिएको एक अध्ययनका अनुसार २० प्रतिशत संक्रमितलाई आइसियूमा भर्ना गर्नुपरेको थियो भने कूलमध्ये तीमध्ये जम्मा ३ प्रतिशत संक्रमितको ज्यान गएको थियो।

‘कोभिडविरूद्धका भ्याक्सिनहरूको प्रयोगबाट धेरै नै कम जोखिम हुने गर्छ। त्यस्ता भ्याक्सिनहरू दशौं हजार मानिसमा परीक्षण गरेर उनीहरूमा कुनै प्रकारको नकारात्मक असर नदेखिएपछिमात्र संक्रमितलाई लगाइने गरिन्छ।’ डा ह्यानेज भन्छन्, ‘लाखौंमा लगाइएको भ्याक्सिनका साइड इफेक्ट ज्यादै कममा मात्र देखा पर्ने गर्छ। तर प्राकृतिक संक्रमणबाट देखापर्ने जोखिमभन्दा भ्याक्सिनको प्रयोगबाट धेरै नै कम जोखिम देखापर्ने हुन्छ।’

मलाई कोरोना संक्रमण भएको थियो। के अब मेरा लागि भ्याक्सिन लगाउनु सुरक्षित हुन्छ? यदि हुन्छ भने हामीले त्यो भ्याक्सिन कहिले प्राप्त गर्छौं?
विज्ञहरूका अनुसार यो सुरक्षित र एकपटक कोभिड भइसकेको व्यक्तिका लागि त सम्भवतः झनै फाइदाजनक पनि हुन्छ। 
‘पहिलै भइरहेको इम्युन रेस्पोन्सलाई अझ अभिवृद्धि गर्दा त्यसले हानी गर्दैन,’ डा पेप्पर भन्छिन्, ‘भ्याक्सिनबाट प्राप्त इम्युन रेस्पोन्सले झनै राम्रो गर्छ।’

यदि कसैमा एकपटक कोरोना संक्रमण भइसकेको छ भने भ्याक्सिन लगाउनै उचित हुन्छ र त्यसका लागि केही समय कुर्नुपर्ने हुन्छ। डा पेप्परको टिमले गरेको अध्ययनअनुसार संक्रमणपछिका केही महिनाभित्रै शरीरले इम्युन रेस्पोन्स विकसित गर्न थाल्छ। तर एकपटक कोरोना संक्रमण भइसकेका व्यक्तिलाई भने त्यो समयलगत्तै पुनः संक्रमण हुने जोखिम धेरै नै कम हुन्छ।

‘हामीले त्यस्ता सबै व्यक्तिमा इम्युन रेस्पोन्समा वृद्धि भएको देखेका छौं,’ उनले भनिन्, ‘त्यसैले त्यस्ता व्यक्तिहरूले संक्रमणबाट संवेदनशील व्यक्तिको तुलनामा धेरै हतार गरेर भ्याक्सिन लगाउनु उचित हुन्छ जस्तो मलाई लाग्दैन।’

गत बुधबार भएको एक बैठकमा भ्याक्सिनको वितरणका बारेमा सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनलाई सुझाव दिने एडभाइजरी कमिटी अन इम्युनिजेसन प्राक्टिसेस (एसिआइपी)ले कोरोना निको भएर ९० दिन नकटेका व्यक्तिलाई भन्दा कोरोना संक्रमण नै नभएका व्यक्तिलाई प्राथमिकतामा राखेर कोभिड विरूद्धको भ्याक्सिन लगाउनुपर्ने सुझाव दिएको छ।

अब हामीले कोरोना निको भएका व्यक्तिका लागि निको भएको ९० दिनभित्र पुनः संक्रमण हुन्छ/हुँदैन भन्नेबारे ठोस निष्कर्ष निकाल्नुपर्ने हुन्छ,’ डा मलडोनाडोले भने। थोरै मात्रामा भ्याक्सिनमात्र निर्माण भएका कारण भरखरैमात्र कोरोना निको भएका व्यक्तिलाई भ्याक्सिन लगाइहाल्नु सम्भवतः पर्दैन। 

न्यूयोर्क टाइम्सबाट अनुवाद गरिएको

#swasthyakhabar.com


Comments