जाडो मौसममा पाइने बदाम खाँदा हुने फाईदा

जाडो मौसममा पाइने विभिन्न खानेकुरामध्ये बदाम पनि एक हो । पौष्टिक तत्वयुक्त बदाम खाँदा हुने फाईदा यस्ता छन्ः तौल नियन्त्रण गर्छः बदाम खाँदा पेट छिटो डुम्म हुने भएकोले भएकाले अन्य क्यालोरियुक्त चिल्लो पर्दाथ भएको खानेकुरा खाने इच्छा हुँदैन । धेरै खाने इच्छा नहँुदा मोटा मानिसको तौल घट्ने सम्भावना हुन्छ । मोटा मानिसहरुले नियमित बदाम खाँदा तौल घटाउन प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएका छन् ।

  • क्यान्सर हुनबाट जोगाउँछ:

बदाममा ‘फाईटोस्टेरोल’ नाम गरेको तत्व हुन्छ । फाइटोस्टेरोलले आधारभूत रुपमा ट्युमरलाई नियन्त्रण गर्छ र क्यान्सर हुनबाट जोगाउँछ । कोलेस्टोरल तह नियन्त्रण गर्छः बदाममा हुने असंतृप्त फ्याटी एसिडको प्रचुरताका कारण बदामले शरिरमा सन्तुलित कोलेस्टरल तह कायम गर्न सहयोग गरी विभिन्न प्रकारका रोगको जोखिमबाट बचाउँछ ।

  • डायबिटिजबाट जोगाउँछः

म्याग्नेसियमका कारण बदाम शरिरमा उचित मात्रामा ब्लड सुगर तह कायम राख्न फाइदाजनक मानिन्छ र डायबिटिजको समस्याबाट जोगाउँछ । स्ट्रोकको खतराबाट जोगाउछ : बदाममा विभिन्न प्रकारका ‘एन्टि अक्सिडियन्ट’ र खनिज तत्व हुन्छ जसका कारण हर्ट स्ट्रोक वा मुटुसम्बन्धी जुनसुकै रोगबाट जोगाउँछ ।

  • डिप्रेसनबाट जोगाउँछः

बदाममा हुने ‘ट्राईपटोफन’ नामक तत्वले डिप्रेसनबिद्ध लड्न सहयोग गर्छ । स्ट्रेस र तनाबबाट मुक्ती हुनका लागि दैनिक एक मुठी बदाम खानुहोस । शिशुलाई स्वस्थ बनाउँछः बदाममा हुने फोलिक एसिडले शिशुलाई गम्भीर न्युरल ट्युब डिफेक्टस (दिमाग, स्पाईन र स्पाईनल कोर्र्डमा जन्मिदै देखिने समस्या) बाट बचाउँछ । तसर्थ, गर्भाधारणको सुरुवातीदेखि नै यस्ता समस्याबाट बच्न बदाम खानुपर्छ ।

  • छालामा चमक ल्याउँछः

बदाममा हुने ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिर्जभेट्रोल’ तत्वले छालालाई चम्किलो बनाउछ । बदाममा पाइने पोषणयुक्त फाईबर छालामा हुने अत्यधिक तेललाई फ्लस गरी छालालाई नरम र चम्किलो बनाउँछ । बदाममा बृद्ध हुनबाट जोगाउने अणु हुन्छ जसले छालालाई चाउरी पर्नबाट जोगाउछ । नियमित बदामको सेबनले अनुहार लगायत शरिरका अन्य भागमा दाग आउँदैन । कपाल सुन्दर बनाउँछः बदाममा कपाललाई सुन्दर बनाउने पोषणयुक्त तत्वहरु हुन्छन् । तीमध्येको एउटा तत्व ‘लार्जिनाईन’ हो, जसले कपाल बृद्धि गर्न सहयोग गर्छ । लार्जिनाईनले कपाल झर्नबाट जोगाउँछ

बदामका अरु फाइदाहरु यसप्रकार रहेका छन्ः

  • बदाममा तेलको अशं हुने भएकाले पेट सम्बन्धी रोगहरु निको पार्छ। यसको दिनहुँ प्रयोगले ग्यास र एसिडीटिको समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ।
  • यसको नियमित प्रयोगले भोक नलाग्ने समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ। यसका साथै फोक्सोलाई पनि यसले मजबुत बनाउँछ।
  • गर्भवती महिलाहरुलाई पनि यसले फाइदा पुर्‍याउँछ। यसले गर्भमा रहेको शिशुको विकासमा पनि मदत गर्छ।
  • बदामको प्रयोगले कलेस्ट्रोललाई नियन्त्रण गर्न पनि मदत गर्छ। एक हप्तामा पाँच दिन केही बदाम खानाले मुटुको रोगहरुबाट पनि टाढा रहन सकिन्छ।
  • खाना खाईसके पछि ५० वा १०० ग्राम बदाम खानाले खाना सजिलै पाचन हुन्छ र शरीरमा रगतको कमी पनि हुँदैन।
  • यसको प्रयोगले छाला र हाडलाई पनि फाइदा पुर्‍याउँछ।
  • प्रत्येक दिन केही बदाम खानाले महिला र पुरुषको हर्मोनहरु सन्तुलनमा रहन्छन्।
  • बदामले शक्ति बढाउनुका साथै पाचन प्रक्रिया पनि सन्तुलित बनाउन सहयोग गर्छ।
  • यसमा प्रशस्त मात्रामा फाइबर हुने भएकाले लाभदायक हुन्छ।
  • यसको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्नुका साथै विभिन्न रोग लाग्नबाट जोगाउँछ । यसको सेवनले दुब्ला मानिस तथा बालबालिकाको तौल बढाउन सहयोग पुर्‍याउँछ।
  • बदाममा प्रशस्त मात्रामा भिटामिन, प्रोटिन तथा चिल्लो खनिज पदार्थ प्रशस्त मात्रामा पाइने भएकाले शरीर स्वस्थ तथा बलियो राख्छ। यसको नियमित सेवनले हड्डी बलियो हुन्छ भने मस्तिष्कमा क्याल्सियम पुग्ने भएकाले डिप्रेसनको खतरासमेत कम हुने बताइन्छ।

Various online resources

Tags:

Comments