चिसोमा दमको समस्याः यी कुरामा विचार पुर्याऔं

तपाईले अनुभव गर्नुभएकै होला, चियो बढेसँगै दमले च्याप्न थाल्छ।

यतिबेला रुघाखोकी, ज्वरो लगायतका रोगको संक्रमण पनि बढ्ने गर्छ। अझ दम/ आस्थमाको समस्या भएकाहरुमा चिसोले थप जटिलता निम्त्याउने गर्छ। त्यसैले, चिसो मौसममा दम तथा आस्थमाका रोगीहरुले सर्तक हुन जरुरी छ।

चिसोमा स्वास नली खुम्चिनुका साथै कफको उतपादन बढ्ने गर्छ। यसबाहेक, यस मौसममा धुवाँ र वातावरणमा मिसिएका तत्व माथि पुग्न नसकेर वायुमै तैरिने गर्छ ।परिणामस्वरुप, चिसोमा आस्थमाको समस्या बढ्ने गर्छ। त्यसैले, आस्थमा रोगीहरुले चिसोमा निम्न लिखित कुरामा विशेष सावधानी अपनाउनु पर्छ।

हात धुने

आस्थमा रोगीहरुले बाहिरबाट घर आउँदा सबैभन्दा पहिले हातखुट्टा राम्ररी धुनुपर्छ। अन्यथा उनीहरुको हातखुट्टामा टासिएको धुलोमाटोका कण तथा भाइरस स्वास नली वा मुखसम्म सजिलै पुग्ने गर्छ।

न्यानो कपडा लगाउने

आस्थमाका विरामीले जाडोमा न्यानो कपडा लगाउनु पर्छ। एसी वा संदाको मुनी बस्नु हुँदैन। इन्हेलर तथा औषधीको प्रयोग चिकित्सकको सल्लाह अनुसार नै सेवन गर्नुपर्छ। र, शरीरलाई जति सकिन्छ, त्यति नै धेरै न्यानो राख्नुपर्छ।

आगोबाट टाढा रहने

जाडोमा आगो ताप्नुको मज्जा नै बेग्लै हुन्छ। आगोको रापले शरीरलाई न्यानो बनाउँछ। तर आस्थमाका विरामीका लागि आगोमा बस्नु हानीकारक हुनसक्छ। किनकी यसले स्वास्थ्यमा पार्ने असर कुनै सुर्ती पदार्थको सेवन भन्दा कुनै हालतमा पनि कम नभएको विशेषज्ञहरु बताउँछन्। विशेषज्ञहरु भन्छन्, आखिर धुवाँ भनेको धुवाँ नै हो। चाहे त्यो आगोको होस् वा सुर्तीको। यसले आस्थमाको विरामीको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ।

खानपानमा विशेष ध्यान

चिसोमा आस्थमाका विरामीले खानपानमा विशेष ध्यान दिनुपर्छ। तातो तरल पदार्थको सेवन धेरै गर्नुपर्छ । सकेसम्म घरमै बनाएको कम वोसोयुक्त खानेकुरा खानुपर्छ। खानामा ताजा फलफुल तथा हरियो साजसब्जी धेरै खानुपर्छ। अमिलो वा कागती खानाले आस्थमाको समस्या बढ्दैन। तर कसैलाई अमिलोको एलर्जी छ भने त्यस्ता व्यक्तिले चिसोमा अमिलो सेवन नगर्नु नै उचित हुन्छ।

घाम लागेपछि घरबाट बाहिर निस्कने

बदलिदो मौसम तथा प्रदुषणमा आस्थमाको विरामीले  स्वास्थ्यको विशेष ध्यान राख्नुपर्छ। त्यसको लागि घरबाट निस्कदा मास्कको प्रयोग गर्नुपर्छ। विहानको मर्निङ्ग वाक पनि घाम लागेपछि मात्र गर्नुपर्छ किनकी प्रदुषणका कारण रातको समयमा वाुमा जम्मा भएको धुवा विहानीपख स्मग (तुवालो)मा परिणत हुन्छ। चिसोमा यो समस्या सामान्य भएकोले आस्थमाका विरामीले घाम लागेपछि मात्र बाहिर निस्कनु पर्छ।

स्टिम लिने

राती सुत्नु अघि स्टिम लिएमा फोक्सोमा जमेको दिनभरको फोहर बाहिर निस्कने गर्छ।

#Onlinekhabar

Tags:

Comments