के कारणले हुन्छ बच्चाहरुमा यस्तो घाउ खटिरा ? जोगाउने कसरी ?
User Image
Written & review by:
बरिष्ठ बालरोग विशेषज्ञ

सामान्यतया Entero भाइरसहरु बिशेषगरि Coxsackie भाइरस A16 तथा Entero भाइरस ७१ को संक्रमणले बच्चाहरुमा यस्तो समस्या देखा पर्छ । पोलियो Echo हरु पनि Entero भाइरस अन्तर्गत पदर्छन् ।

लक्षणहरु :

सामान्यतया १० वर्ष मुनिका बालबालिकाहरुमा यस्तो समस्या देखा पर्छ । अझ ५ बर्ष मुनिका बच्चाहरमा यो बढी देखिन्छ । तर कहिलेकाही बयस्कहरुमा पनि यो समस्या देखापर्न सक्छ ।

बालबालिका हरुमा ज्वोरो आउनु, लोसो हुनु, कम खाना खानु,घाटी तथा सुरुमा रातो बिमिराबाट सुरु भै पानी भरिएका  जस्तो हुनु वा पानी र पिप जस्तो भरेका मुखमा सोर ((SORE),),अल्सर(ULCER) वा घाउहरु देखा पर्नु र केहि दिनमा खुट्टाको पैताला तथा हत्केलामा पनि त्यस्तै देखिन्छ । कैले काही यो मलद्वारको वरिपरि तथा घुडा तथा कुहिना एबम प्रजनन् अंगतिर पनि देखिन सक्छ ।

बालबालिक हरु दुखाईको कारणले झगडा गर्ने, रुने वा झिन्झिने हुन सक्छन ।  साथै चिलाए जस्तो पनि गर्न सक्छन।

जटिलताहरु :

साना बच्चाहरुमा मुख वा घाटी को समस्याले गर्दाकेहि खुवाउन नसकिने वा निल्न नसक्ने समस्याले  जल बिनियोजन हुनसक्छ ।
कहिले काही तर धेरै बिरलै meningitis वा encephalitis हुनपनि सक्छ ।

कसरी सर्छ ?

संक्रमित बालबालिकाको सिगान र्याल खकार तथा शरीरको अन्य भागबाट निस्कने तरल पदार्थबाट यो एक अर्कामा सर्ने गर्छ । जो यो रोगबाट संक्रमित छ उसको नजिक बस्ने अन्य साथीलाई पनि यो समस्या हुनसक्छ ।

यतिवेला काठमाडौँ उपत्यकाका विभिन्न भागमा यसको संक्रमण फैलिएको छ । विभिन्न विद्यालयका बालबालिकाहरु यो समस्यामा परेको देखिएको छ ।

कसरी बच्ने ?
यो रोगको संक्रमणबाट बच्ने उचित उपाय भनेकै सरसफाईमा ध्यान दिनु हो । विशेषगरी विरामी बालबालिकाको संसर्गमा आएपछि सावुनपानीले हात धुने तथा विरामी बालबालिकाले प्रयोग गर्र्ने रुपमालको प्रयोग नगरेर पनि जोगिन सकिन्छ ।

उपचार तथा ध्यान दिनु पर्ने कुरा :

सामान्यतया यो समस्या एक हप्तामा सन्चो हुन्छ । तर बालबालिकालाई केही खुवाउन नसकेको अवस्थामा वा जलविनियोजन भएको अवस्थामा अस्पतालमा भर्ना गर्नुपनि पर्न सक्छ ।

यो रोगको निश्चित उपचार विधि नभएकोले लक्षण अनुसार ज्वरो वा दुखाई कम गर्न प्यारासिटामोल वा आवश्यकता अनुसार मुख भित्र लगाउन मिल्ने एन्टिसेप्टीक जेल प्रयोग गर्न सकिन्छ ।

तातो पिरो नुनिलोे खुवाउदा मुखमा पोल्ने भएकोले मनतातो वा सेलाएको दुध नरम खाना जस्तै केरा जाउलो नरम वा भिजाएको पाउरोटी वा बिस्कुट खुवाउन सकिन्छ । साथै झोलिलो कुराहरु सुईरोले खुवाउन पनि सकिन्छ ।

केही खुवाउन सकिएन र बच्चाको पिसाव कम भयो भने वा अलि लठिएजस्तो भएमा अस्पताल वा स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ ।

#nepalihealth.com


Comments