छाला सम्बन्धी समस्या र तिनको समाधान
User Image
Written & review by:
Dermatologist

 तपाईलाई केहीखालको छालाको संक्रमण भयो वा तपाईको कोही चिनजानको व्यक्ति कुनै छाला सम्बन्धि रोगबाट ग्रसित     हुनुहुन्छ भने तपाईलाई आफूलाई पनि लाग्न सक्ने विभिन्न खालका छाला सम्बन्धि रोगहरु बारे जान्न उत्सुकता हुन सक्छ।

 तपाईलाई के-कस्तो खालको छालाको संक्रमणको जोखिममा हुनु हुन्छ वा के-कस्तो खालको छालको रोग लाग्न सक्छ? यस   सम्बन्धि विस्तृत रुपमा जानु भन्दा अघि सम्भावित छाला संक्रमणहरु बारे राम्रोसँग बुझ्न मौसम परिवर्तनको प्रभावले निश्चित   किटाणु र फंगस(ढुसी)को वृद्धिमा विशेष भूमिका खेल्छ भन्ने कुरा बुझ्न एकदमै जरुरी छ।

 नेपालमा मौसमप्रणाली एकदमै विविधतायुक्त छ र यहाँ वर्षभरी ६ प्रकारका मौसमहरू पाईन्छन्; वसन्त, गृष्म, वर्षा, शरद, हेमन्त र शिशिर। त्यसैले छाला सम्बन्धी समस्या देखिने जोखिम पनि त्यति नै बढी रहेको हामी पाउँछौं।

हावापानीको परिवर्तन सँगै छाला सम्बन्धी समस्याको जोखिम बढ्छ भनेर हामीले थाहा पायौं। अब नेपालमा आम मानिसलाई लाग्न सक्ने विभिन्न खालका छालाका संक्रमणहरु बारे बुझौँ। अमेरिकास्थित नेशनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेसन (एन.सी.बि.आई)को जर्नलमा मा प्रकाशित डा. स्टिभ वाकर द्वारा गरिएको अध्ययन प्रतिवेदन अनुसार नेपालको ग्रामीण क्षेत्रहरुमा छाला सम्बन्धि रोग लाग्ने प्रवृति एकदमै उच्च(६२.२%) छ। उनले नेपालको बारा जिल्लामा गरेको अध्ययनमा अधिकांश मानिसमा निम्न ६ प्रकारका संक्रमणहरु देखिए: डर्मेटोफाइट इन्फेक्सन(११.४%), पिटिरियासिस भर्सीकोलर(८.९%), डण्डीफोर(७.७%), पोतो(६.८%), चर्मरोग(५.६%), पिटिरियासिस अल्बा(५.२%)। यी ६ विकारहरु मध्ये हामी सचेत हुनु पर्ने प्रमुख ३ रोगहरु(डण्डीफोर, पोतो र एक्जिमा) बारे हामी चर्चा गर्नेछौँ। हामी यी ३ सामान्य रोगहरुबाट बच्ने र उपचार गर्ने केही सम्भावित उपायहरुबारे पनि छलफल गर्नेछौं।

 

१. डण्डीफोर

- सामान्यता अनुहार र घाँटीमा देखिने तर काँध, ढाँड र छातीमा पनि देखिने पुरानो भ्रामक छालाको रोग

- किटाणु संक्रमित

- हर्मोनल अन्सन्तुलन, तनाव, आद्रतायुक्त मौसम, अस्वस्थपन बाट सिर्जित

 

  • संकेत/लक्षण:

- अनुहारमा व्हाइटहेड र ब्ल्याकहेडहरु देखिनु

- रातो बिमिरा / फोकैफोका डण्डीफोर

- गांठदार डण्डीफोर

  • निदान:

- राम्रो सँग निदान गर्नको लागि र संकेत/लक्षणहरु को उपचारको लागि छाला रोग विशेषज्ञको कहाँ जानु

  • उपचार:

- रोगको गम्भीरतामा निर्भर

- टोपिकल रेटिनोइड्स (Topical Retinoids)

- ओरल एन्टीबायोटिक (Oral Antibiotic)

  • २. पोतो

- गर्भावस्था, हर्मोन संग सम्बन्धित गर्भानिरोधक, neoplastic रोगहरु बाट हुने

- घामको यु भि विकिरण सँग सम्पर्क हुँदा बढ्ने

  • संकेत/लक्षण:

- अनुहारमा पोतो / छालामा कालो धमिलो खालको दाग

  • निदान:

- राम्रो सँग निदान गर्नको लागि र संकेत/लक्षणहरु को उपचारको लागि छाला रोग विशेषज्ञको कहाँ जानु

  • उपचार:

- सूर्य स्क्रीन

- सल्लाह अनुरुप औषधिको प्रयोग

३. एक्जिमा

- डर्मेटाइटिस जस्तै फराकिलो दायराको छाला रोग

- सामान्यतया देखिने प्रकार चाहिँ एटोपिक डर्मेटाइटिस हो

- प्रष्टसँग देखिने दाग

- एलर्जी वा दम बाट शिकार भईसकेको व्यक्तिहरुमा प्राय असर गर्ने

  • संकेत/लक्षण:

- अनुहार, घोडाको पछाडी, कुइना, हात, पाउमा डाब्रा देखिनु

- सुकेको, बाक्लो, खस्रो छाला

 

  • निदान:

- चर्मरोग आउनुको खास कारण थाहा नभएको कारण, यसको खास निदान पनि थाहा छैन। तसर्थ, चर्मरोग र

यसको खास प्रकार भएको/नभएको बारे थाहा पाउन चिकित्सक कहाँ नै जानु पर्ने हुन्छ।

  • उपचार:

- एक्जिमा उपचार गर्नुको मुख्य उद्देश्य नै संक्रमित सम्म बनाउन सक्ने चिलाउने उतेजना बाट छुटकारा पाउनु र

यसलाई रोकथाम गर्नु हो।

- छाला फाट्नुबाट बचाउन छालाको चिस्यान राखिराख्नु।

- छाला सम्बन्धित चिकित्सकसँग परामर्श अनुसार को क्रिम र मलम लगाउनु होस् ।

यी समस्याहरूको बारेमा अब तपाईलाई संक्षिप्त रुपमा ज्ञान भईसकेको छ। त्यसैले, अब यो रोगहरुबाट बच्नको लागि के कस्तो उपायहरु अपनाउन सक्छौँ भन्ने बारे थाहा पाउँ। यी रोगहरुको रोकथाम लागि सजिलो उपायहरु छन्, त्यस मध्ये केही निम्नानुसार छन्:

  • स्वस्थ रहनु
  • हात राम्रोसँग धुनु
  • उचित आहार र जीवनयापन
  • मौसम अनुसार उपयुक्त कपडा लगाउनु
  • नियमित स्वास्थ्य परिक्षण

 

माथिको लेखमा छलफल गरिएका झैँ छाला सम्बन्धि रोगहरुको उपचारका लागि हाम्रो आवरण स्किन एण्ड हेयर क्लिनिकमा सम्पूर्ण सेवा-सुविधा उपलब्ध छन्। छाला सम्बन्धि विभिन्न समस्याको उपचार वा जानकारी लिन हामीलाई सम्पर्क गर्नुहोस् : द भिक्ट्रि लाउन्ज भवनको पहिलो तल्ला, दरबारमार्ग, काठमाडौँ वा http://www.medikoma.com/ बाट अनलाईन एपोईन्टमेन्ट बुक गर्नुहोस्।

Comments