आँखामा देखिन सक्ने केही सामान्य समस्याहरु र तिनको समाधान
User Image
Written & review by:
आँखारोग विशेषज्ञ

 मानिसको जीवनमा धेरै खालका आँखाका समस्याहरु आइलाग्ने गर्दछन्। यस्तोबेला खास समस्या के हो भनेर ठम्याउन सक्यो       भने यी सामान्य समस्या र तिनबाट उत्पन्न हुने जोखिमहरुबाट जोगिन सकिन्छ। सामान्य समस्याहरु (जस्तै- सुक्खा आँखाको         संक्रमण [डि.ई.डि], आँशु बगिराख्नु र मोतिबिन्दु) देखि लिएर दुर्लभ रोगहरु (जस्तै- भिजुअल मेलानोमा र भर्नल   केराटोकन्जंगटिभाइटिस) गरी २०० भन्दा धेरै आँखामा उत्पन्न हुन सक्ने समस्याहरु छन्। यी मध्येका केही अवस्थाहरुमा त कुनै   संकेत नै थाहा हुँदैन जसका कारण बिरामीहरु आफूलाई के भएको हो भन्ने कुरा थाहा पाउनु अगाडी नै आफ्नो आँखाको देख्ने   क्षमता गुमाउन पुग्छन्। हाल नेपालमा ३० लाखभन्दा बढी मानिसहरू आँखासम्बन्धी कुनै न कुनै समस्याबाट ग्रसित छन्, जसमध्येमा आधा भन्दा धेरै समस्याहरूबाट जोगिन सकिन्छ।

यो लेखले कसरी रोगहरू पहिचान गरेर बिरामीहरुलाई स्वास्थ्य सुबिधा उपलब्ध गनाउने भन्ने बारे छलफल गर्न खोजेको छ । साथै थप अन्य असरहरु पहिचान गरेर बिरामिलाई कहिले र कहाँ खतराबाट मुक्त बनाउने भनेर उल्लेख गरिएको छ ।

आँखाको नियमित स्वास्थ्यजाँच गराउनुहोस

आफ्नो दृष्‍टि सुरक्षित गर्न आँखा नियमित आँखा जाँच गर्नुपर्छ । कुनै पनि प्रकारका चोटपटकको पहुँचबाट आँखालाई टाढै राख्नुपर्दछ र त्यसका साथसाथै पराबैजनी किरणहरुबाट आँखालाई जोगाउनु पर्दछ। त्यसको लागि नियमित रूपमा चस्मा लगाउनु पर्दछ। ४० भन्दा माथि उमेर भएका मानिसले नियमित रुपमा आँखाको चेकजाँच गराउनु पर्दछ भने ६० बर्ष पुगेका व्यक्तिले बर्षमा २ चोटी आँखाको परीक्षण गर्नुपर्दछ। आफ्नो आँखा स्वस्थ राख्नका लागि सधैं सक्रिय रहनु पर्दछ।

यस लेखमा उल्लेख गरिएका कुनैपनि समस्याहरु देखिएमा तुरुन्त आँखारोग वा दृष्टि विशेषज्ञलाई आफ्नो आँखा देखाउनु पर्दछ।

पर्दछ।

आँखाको एलर्जी:
आँखाको एलर्जी हुने मुख्य कारणहरु धुलो, धुवाँ, बजारमा उपलब्ध हुने सौन्दर्य क्रिम, औषधी जस्ता वस्तुहरु हुन्।

सामान्यतया, यसको रोकथामको लागि चिसो पानीले सफा गर्ने, ओभर द काउन्टर (OTC) प्राकृतिक आँशुको थोपा

प्रयोग गर्नु पर्दछ । यदि प्राकृतिक आँशुको थोपाले काम नगरेमा आँखा रोग विशेषज्ञ संग परामर्श गर्नु पर्दछ।  यदि ओभर-द–काउन्टर आएड्रोप काम नगरेमा आँखा विशेषज्ञ सँग परामर्श गर्नुपर्ने हुन्छ।

डाईबेटिक रेटिनोप्याथी:
हाम्रो आँखाको पर्दा (रेटिना) मा एकदमै ससाना रगतका नलीहरु हुन्छन्। मधुमेह भएका व्यक्तिमा ति रगतका नलीहरु फुट्ने र पर्दामा रगत जम्ने गर्दछ । मधुमेह भएका व्यक्तिको आँखामा देखिने जटिलता नै डाईबेटिक

रेटिनोप्याथी हो, जसले आँखा पछाडिको पर्दालाई असर गर्दछ । डाईबेटिक रेटिनोप्याथी दुई प्रकारका हुन्छन्:

नन-प्रोलीफिरेटिव रेटिनोप्याथी: यो चरण अलल कम गम्भीर हुन्छ। यसमा आँखाको पर्दा (थोरै
भाग देखि पुरै भाग सम्म) मा रगतका नली हरु फुट्ने, रगत जम्ने गर्दछ।

प्रोलीफिरेटिव रेटिनोप्याथी: यो एकदम घातक प्रकारको हुन्छ। रगतको नली बन्द भई आँखाको पर्दामा रगत संचालन गर्न नया रगतको नली बन्दछ। यी नयाँनलीहरु एकदम संवेदनशील हुन्छन्, जसले आँखाको मुख्य हेर्ने पर्दाको भागमा असर गरेर आँखाको दृष्टि नै लैजान सक्दछन्। लेजर चिकित्सा प्रक्रियाबाट उपचार गरिए पनि आँखामा यसले गर्ने हानिलाई परिवर्तन गर्न सकिदैन।
डाईबेटिक रेटिनोप्याथी हुनबाट बच्ने सबैभन्दा सर्वोत्तम उपाय भनेको शरीरमा रहेको ग्लुकोजलाई नियन्त्रण गर्ने र स्वास्थ्य जीवनयापन गर्ने हो। जसरी एउटा रुखको राम्रो हुन को लागि त्यसको जरा एकदम राम्रो हुनु पर्दछ, त्यस्तै डाईबेटिक रेटिनोप्याथी भएका व्यक्तिको आँखा नबिग्रियोस भन्नको लागि शरीरमा ग्लुकोजको मात्रा सामान्य हुनु पर्दछ।

सुक्खा आँखा:
आँखामा पर्याप्त मात्रा मा आँशु भएन वा बन्न सकेन भने यस्तो किसिमको समस्या आउँदछ। गम्भीर परिस्थितिमा, अत्याधिक सुक्खापनले दृष्टि गुम्न पनि सक्दछ। अहिले विशेष गरर धुलो, धुवाँ, मोबाइल, ल्यापटपको प्रयोगले आँखामा आँशुको गुणस्तर नराम्रो बनाई आँखा सुक्खा बनाईरहेको छ।

सुक्खा आँखाका केहि उपचार विधिहरु यस प्रकार रहेका छन् :

घरमा हुमिड़ीफायर वा वाष्पिकरण यन्त्रहरूको उपयोग गरेर
वास्तविक आँशु जसरी काम गर्ने आईड्रप को प्रयोग गरेर
आँशु नलीमा सिपेज गराउन बाहिरी संलग्नक को प्रयोग गर्ने
Lip Flow (लिप फ्लो ) पद्दति को प्रयोग गरेर न्यानोपन र स्ट्रेंन उपयोग गरि आँखामा आंसु ल्याउने
खानामा पर्याप्त मात्रामा ओमेगा-३ तत्वको समावेश गरेर
यदि लामो समयसम्म आँखा सुख्खा भइराखेमा आँखा सम्बन्धि कुनै किसिमको रोग भएको पनि हुन सक्दछ। यस्तो अवस्थामा आँखा विशेषज्ञले आँसु बढाउन साइक्लोस्प्रिन जस्ता औषधीको प्रयोग गर्ने परामर्श गर्न सक्दछन् ।

आंशिक अन्धोपन:
हामीले देख्ने जुनसुकै दृश्य तथा रङ्ग, हाम्रो आँखाले (वा मष्तिष्कले) ज्योति तरङ-लम्बाइको अनुमान लगाईसकेपछिको नतिजा हो। आँखाको दृष्टि कमजोर भएका व्यक्तिहरुले आँखालाई केही रङ्गहरु जस्तै रातो, हरियो अनि नीलो रंग देख्न कठिनाई पर्दछ।

आंशिक अन्धोपन, रेटिनामा रहेका विभिन्न रङ्ग चिन्न मद्दत गर्ने कोषाणुको गैर-उपस्थितिको कारणले हुने गर्दछ। धेरैजसो यो आनुवंशिक भएता पनि कुनै किसिमको पर्दा तथा आँखाको नसाको रोग, चोटपटक तथा या अरू कारणले हुन सक्दछ। वंशाणुगत कारण भएको बेलामा यसको केहि उपचार हुँदैन, आंशिक अन्धोपन भएको अवस्थामा भने यसको उपचार गर्न सकिन्छ।

आँखा भनेको शरीरको महत्वपूर्ण अंग हो, जसले हामीलाई संसार देखाउँछ। त्यसैले सानि भन्दा सानो समस्या पनि हेलचेक्रर्याई नगरी यसको उचित स्याहार गर्न एकदम जरुरी छ।

यस लेखमा छलफल गरिएका आँखा सम्बन्धि समस्या हरुको उपचारका लागि दृष्टि आई केएर सेन्टरमा सम्पूर्ण सेवा-सुविधा उपलब्ध छन्। आँखा सम्बन्धि विभिन्न समस्याको उपचार वा जानकारी लिनका लागि दृष्टि आई केएर सेन्टरका नेपालभर रहेका कुनै पनि शाखामा सम्पर्क राख्न सक्नुहुन्छ वा http://www.medikoma.com/ बाट अनलाईन एपोईन्टमेन्ट बुक गर्न सक्नुहुन्छ।



Comments