आयुर्वेदका १२ डाक्टरलाई पनि पुल दरबन्दीमा राख्न माग

काठमाडौं- नेपाल आयुर्वेद चिकित्सक संघले आयुर्वेदका १२ जना विशेषज्ञ डाक्टरलाई संघ अन्तर्गत पुल दरबन्दीमा राख्न माग गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी चिकित्सक संघ (गोदान)सँगको सहमति अनुसार पुल दरबन्दीमा राख्ने भनिएका १ सय २३ जना डाक्टरको सूची संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको छ।  उक्त सूचीमा संघ अन्तर्गत नै समायोजनको सूचीमा परेका ६ जना डाक्टरलाई पुल दरबन्दीको सूचीमा ल्याइएको र ५ जना विशेषज्ञ डाक्टरको नाम छुटेपछि संशोधन गर्न गोदानले भनिसकेको छ।

उक्त सूचीमा आयुर्वेदका १२ डाक्टरहरुको नाम समेत समावेश गर्न आयुर्वेद चिकित्सक संघले ध्यानाकर्षण गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र बुझाएको छ। संघका प्रतिनिधीले राज्यमन्त्री डा सुरेन्द्र यादवलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।

संघले आयुर्वेदलाई वेवास्ता गर्दै एकलौटी ढंगले सूची पठाइएकोमा विरोध समेत जनाएको छ। संघले ९औं तहका २ र ८औं तहका १० जनालाई पुल दरबन्दीमा राख्न माग गरेको छ।

यही हुन् संघले पुल दरबन्दीमा राख्न भनेका डाक्टरहरु

९औं तहका डाक्टर
१. डा बुद्दी प्रसाद पौडेल

२. डा सुरेश महर्जन 

आठौं तहका

१. डा कोपिला अधिकारी

२. डा वसबदम्बा कौडिन्ययानी 

३. डा नदन कडेल

४. डा पुष्पराज पौडेल 

५. डा रमेश पौडेल

६. डा शारदा खनाल 

७. डा सुरेन्द्र राय

८.  डा शृष्टि श्रेष्ठ 

९. डा ओम प्रकाश कलौनी  

१०. डा बैकुण्ठ सुबेदी 

#swasthyakhabar.com


Comments