बुढ्यौलीपन न्यूनीकरण गर्न टुसायुक्त खाना जुन भिटामिन सीको त झन् भण्डार नै हो

टुसायुक्त खाना किन खाने ?

सस्तो, पोसिलो र विकारविहीन खाना सबैको इच्छाको विषय हो । तर, धेरैमा यस्तो खाना नपाउँदाको असन्तुष्टि हुन्छ । बजारमा तरकारी र फलफूलको भाउ चर्को हुन्छ । नबिग्रियोस् भनेर फलफूल र तरकारीमा राखिएका रासायनिक पदार्थ वा विषालु वस्तुले स्वास्थ्यलाई नराम्रो असर पार्र्छ भन्ने कुरा थाहा पाउँदा यस्ता कुराको विकल्प खोजिन्छ । स्वस्थ रहन सफा र सन्तुलित खाना खानुपर्ने हुन्छ, तर, पोसिलो मानिएका खानेकुरा कि महँगा हुन्छन्, कि त पाइँदैनन् । तर, प्रकृतिले हामीलाई सजिलो विकल्प प्रदान गरेको छ, ‘टुसा उमारेका खाना’ खद्यवस्तु पोसिलो, सस्तो र केही मिसिवटरहित हुन्छन् । साँच्चै नै टुसायुक्त खाना सामान्य मानिसका लागि वरदान नै हुन् । सस्तोमा यसले सन्तुलित खुराक प्रदान गर्दछ ।

टुसा उमार्नु भनेको
– भिटामिन उद्योग नै घरमा खोल्न सकिने सजिलो उपाय हो ।
– घरभित्रै करेसाबारी र फलफूल बगैँचा तयार गर्नुसरह हो ।
– इन्धन वा पैसा खर्च नगरेरै खानेकुराको उपादेयतामा वृद्धि गर्नु तथा अन्न तथा गेडागुडीमा रहेको खाद्य तत्वको पोषणमा वृद्धि गर्नु हो ।

सर्वप्रथम अन्न वा गेडागुडीलाई भाँडोमा राखेर राम्रोसँग पखाल्नुपर्छ । ४–५ पटक पखालेपछि धुलो, ढुंगा आदि हट्छन् । यसपछि भिज्न पुग्ने पानीमा डुबाएर त्यसलाई राख्नुपर्छ । राम्रोसँग भिज्न कति समय लाग्छ भन्ने कुरा भिजाइने कुरा र तापक्रममा भरपर्छ । गेडा वा दाना ठूलो छ भने भिज्न बढी समय लाग्छ । यसैगरी गर्मीयाममा चाँडै भिज्छ भने जाडोयाममा ढिलो ।

टुसा उमार्ने चरणहरू
अन्न तथा गेडागुडीमा टुसा निकाल्दा तीनवटा चरण हुन्छन् । यी तीन चरण पूरा गर्दागर्दै यसमा सकारात्मक परिवर्तन आउँछ ।

१. पहिलो चरण – भिजाउनु

सर्वप्रथम अन्न वा गेडागुडीलाई भाँडोमा राखेर राम्रोसँग पखाल्नुपर्छ । ४–५ पटक पखालेपछि धुलो, ढुंगा आदि हट्छन् । यसपछि भिज्न पुग्ने पानीमा डुबाएर त्यसलाई राख्नुपर्छ । राम्रोसँग भिज्न कति समय लाग्छ भन्ने कुरा भिजाइने कुरा र तापक्रममा भरपर्छ । गेडा वा दाना ठूलो छ भने भिज्न बढी समय लाग्छ । यसैगरी गर्मीयाममा चाँडै भिज्छ भने जाडोयाममा ढिलो । राम्ररी भिजेपछि पातलो कपडामा बेरेर झुन्ड्याँउँदा चाँडै टुसा निस्कन्छ वा भाँडामा राखेर छोपे पनि टुसा उम्रन्छ ।

२. दोस्रो चरण – अंकुरित हुनु
अन्न वा गेडागुडीको दाना फुटेर टुसा निस्कन्छ । यो टुसा आएपछि दानाको गुणहरूमा धेरै सकारात्मक परिर्वतन आउँछन् ।

३. तेस्रो चरण – टुसा
दोस्रो चरणमा अंकुराएको बिउबाट निस्केको टुसा बढ्दै जान्छ । बिउमा रहेको पोषकपदार्थ उपयोग गर्दै टुुसा बढ्छ र यसमा पोषण पनि बढ्दै जान्छ ।

टुसायुक्त खानाको उपयोगिता
टुसा उमारेको अन्न वा गेडागुडीमा पहिले भइरहेका पोषकतत्वमा पनि धेरै कुरा थपिन जाने भएकाले यसलाई प्रकृतिको वरदानका रूपमा लिन सकिन्छ ।

पूर्ण र बलवर्धक खाना
जुनसुकै उमेर, लिंग, जातिका मानिसले खाद्यान्नमा आफैँ टुसा उमार्न र प्रयोग गर्न सक्छन् । यसले हाम्रोे शरीरमा पोषण दिन्छ । यो पूर्ण, सस्तो र बलवर्धक खाना हो । साथै, तयार पार्न सजिलो खाना हो ।

टुसायुक्त खानाले–
– पोषणयुक्त भोजन दिन्छ ।
– यसले बूढो हुने गति मन्द पार्नुका साथै मानिसलाई सुन्दर, स्वस्थ र रोगमुक्त
बनाउँछ ।
– तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई आवश्यक शक्ति दिन्छ ।
– यो सजिलै पाच्य हुन्छ ।
– अंकुरित खानाले पेटमा वायु बनाउँदैन र कब्जियत हुनबाट रोक्छ ।
– हरियो तरकारीजत्तिकै फाइदाजनक हुन्छ, तर हरियो तरकारीभन्दा धेरै सस्तो हुन्छ ।
– रोगप्रतिरोधात्मक शक्ति बढाउँछ ।
– विभिन्न भिटामिन र खनिजको उत्कृष्ट स्रोत बन्छ ।
– रोगी, बालबालिका तथा वृद्धमा हुने कुपोषण हटाउन मद्दत गर्छ ।

टुसायुक्त खाना खाने प्रचलन नयाँ होइन, तर अझैसम्म पनि हामीमध्ये धेरैलाई यसको महत्वबारे थाहा छैन । हजारौँ वर्षदेखि टुसा उमारेर खाने र यस सम्बन्धमा परीक्षण गर्ने प्रचलन रहँदै आएको छ । हुन त क्वाँटी उमारेर खाने चलन हामीकहाँ छ, तर हामी यसको प्रयोग नियमित नभई विशेष पर्वमा मात्र गर्छौं ।

सुक्खा अन्न गेडागुडी वा टुसायुक्त गेडागुडीमा कुन रोज्ने ?
सुक्खा रूपका अन्न वा गेडागुडी हामीले सधैँ खाने गरेका छौँ । यहाँ वर्णन गरिएको टुसा उमारिएको र सुक्खा अन्न गेडागुडीमा के फरक छ भनी जिज्ञासा उठ्न सक्छ ।
अन्न वा गेडागुडीमा खानयोग्य र पोसिलो तत्व विद्यमान भए पनि कतिपय पानीमा घुलनशील हुँदैनन् र पचाउन गाह्रो हुन्छ ।
– एक किलोग्रामजति सुक्खा गेडागुडी बिउबाट ६ किलोग्रामजति टुसायुक्त खाद्यवस्तु तयार हुन्छ । अर्थात् कम खर्च गरेर धेरै पोषण प्राप्त गर्न सकिन्छ ।
– टुसायुक्त खाना शक्तिप्रदायक, कब्जियत हटाउने र सुपाच्य हुनुका साथै पोषकतत्वयुक्त हुन्छ । यसमा कम खर्चमा बढी भिटामिन र शरीरलाई चाहिने पोषकतत्व पाइन्छ ।

परीक्षण र अनुसन्धान
टुसायुक्त खाना खाने प्रचलन नयाँ होइन, तर अझैसम्म पनि हामीमध्ये धेरैलाई यसको महत्वबारे थाहा छैन । हजारौँ वर्षदेखि टुसा उमारेर खाने र यस सम्बन्धमा परीक्षण गर्ने प्रचलन रहँदै आएको छ । हुन त क्वाँटी उमारेर खाने चलन हामीकहाँ छ, तर हामी यसको प्रयोग नियमित नभई विशेष पर्वमा मात्र गर्छौं ।

चिनियाँहरूले चाउमिन र सुपजस्ता खानामा भटमास वा मुँगको टुसाको प्रयोग हजारौँ वर्षदेखि गर्दै आएका छन् । चिनियाँहरू धेरै सक्रिय रहेर लामो समयसम्म बाँच्छन् । यसका धेरै कारणमध्ये एक उनीहरूले यस किसिमको खाना खानु पनि हो । उनीहरूले टुसा उमार्न प्रयोग गर्ने गेडागुडीमा भटमास र मँुगको गेडा प्रमुख हुन् । हाल यसकिसिमको खानाको शैली संसारभर लोकप्रिय हुँदै गएको छ । टुसायुक्त खानामा भिटामिन ‘सी’ अत्यधिक हुने कुरा सिद्ध भइसकेको छ । दोस्रो विश्वयुद्धमा डा. साइरस फ्रेन्चले मटर तथा अन्य गेडागुडीको टुसा उमारेर खुवाई मेसापोटामियामा देखिएको स्कर्मी भन्ने (भिटामिन सीको कमीले हुने) रोग ठिक पारेका थिए ।

#healthpostnepal.com


Comments