आज विश्व हेपाटाइटिस दिवस , यस्ता छन् प्रारम्भिक लक्षण

काठमाडौं । आज जुलाई २८ विश्व हेपाटाइटिस दिवस विश्वभर नै मनाइदै छ । हेपाटाइटिसबारे जनचेतना फैलाउदै नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाईदैछ ।

विभिन्न संक्रमणका कारण कलेजोमा सुन्निने अवस्थालाई हेपाटाइटिस भन्ने बुझिन्छ । कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमण नै हेपाटाइटिस हो । 

प्रारम्भिक लक्षण

सामान्यतया वाकवाक लाग्ने,

खानमा रुचि नहुने, 

आँखा र पिसाब पहेँलो हुने, 

दायाँ कोखामा अप्ठ्यारो हुने,

मांसपेशी र जोर्नी दुख्नु,

उच्च ज्वरो आउनु,

टाउको दुख्नु,

आलश्यता बढ्नु,

डिप्रेसन हुनु,

जन्डिसको लक्षण देखिनु आदि।

लगायत लक्षण देखा पर्दा धेरैले ग्यास्ट्रिकको शंका गर्ने भएकाले पनि विरामीहरु यसको उपचारमा नजाने गरेको चिकित्सकहरुको भनाई छ ।  

हालसम्म हेपाटाइटिस  ए, बी, सी, डी र ई गरी ५ किसीमका भाइरसहरु रहेको पाईएको छ ।

चिकित्सकका अनुसार कलेजोको क्यान्सरबाट मृत्यु हुने तीनमध्ये दुईको कारण हेपाटाइटिस बी र सी हुन् । चिकित्सकका अनुसार संक्रमित आमाबाट यो रोग बच्चामा सजिलै सर्नसक्ने भएकाले गर्भवती भएका बेलामा हेपाटाइटिस बी र सीको परीक्षण गराउनुपर्दछ ।

#mahilaswasthya.com


Comments