आइओएमको मनमोहन सेन्टरमा आगलागी, ठूलो विपत्ति टर्यो

चिकित्साशास्त्र अध्ययान संस्थान (आइओएम) अन्तर्गतको मनमोहन कार्डियो थोरासिस एण्ड ट्रन्सप्लान्ट सेन्टरको पाँचौ तलामा आगजनी भएको छ । गम्भीर बिरामी राख्ने आइसियु र पोस्ट अपरेटिभ वार्डको ठिक माथिल्लो तलामा रहेको नर्सिङ निर्देशकको अफिसमा विद्युत सर्ट हुँदा आगजनी सुरु भएको थियो ।

विद्युत सर्ट भएको केहीबेरमै आगो फल्ससिलिङमा फैलिएको थियो । सिलिङ बनाउँन प्रयोग गरिएको सामग्रीमा आगो तत्काल र कडा रुपमा फैलिएको थियो । सोलगतै चिकित्सक र कर्मचारी आत्तिएर गम्भीर बिरामी अन्यत्र सार्ने तयारी थाल्दैगर्दा महानगरपालिकाको दमकल आएपछि केहीबेरमै आगो नियन्त्रणमा लिइएको थियो ।

अस्पताल प्रशासनका अनुसार दमकल आउँन केही मात्रै ढिला भएको भए आगलागी भएको ठाउँबाट सबैभन्दा नजिक पर्ने वार्डहरुमा सबैभन्दा बढी क्षति हुनसक्थ्र्यो । आगो नियन्त्रणसँगै ठूलो मानवीय संकट टरेको छ ।

तस्बीर : नेपालन्युज

#healthpostnepal.com


Comments