नेपाल अझै छैन ओषधिमा आत्मनिर्भर

काठमाडौं । नेपाल कति प्रकारका औषधिमा आत्मनिर्भर बन्न सक्छ भन्ने कुनै लेखाजोखा हुन सकेको छैन ।

नेपाली बजारमा औषधिको माग कति छ र दैनिक कति औषधि बिक्री हुन्छ यसबारे संरचनात्मक अध्ययन भएको छैन । नेपालका औषधि कम्पनीहरुले कति औषधि उत्पादन गरीरहेका छन् । उत्पादन क्षमता कति छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न र तथ्याङक तोक्नै पर्ने भएकाले अनुमानीत ३० प्रकारका औषधिमा आत्मनिर्भर भएको  नेपाल औषधि विभागका औषधि व्यवस्थापक, पान बहादुर क्षेत्रीले बताए ।

नेपालमा भएका जडिबुटिहरु कम मुल्यमा भारतमा पठाइन्छ । त्यहि जडिबुटि भारतमा प्रशोधन गरि नेपालले महङगो शुल्कमा कच्चापर्दाथ भित्राइरहेको छ । नेपालमा औषधि परीक्षण प्रयोगशाला काठमाडौँमा मात्र छ । सो प्रयोगशालामा ४८ जना कर्मचारीको दरबन्दि रहेको छ । 

सिमित स्रोत साधन र दक्ष जनशक्तिको अभावका कारण काम गर्न कठिनाई भइरहेको औषधि व्यवस्थापक क्षेत्रीले बताए । 

उनि भन्छन् हालको अवस्थालाई नियाल्ने हो भने हरेक प्रदेशमा प्रयोगशालाको आवश्यक देखिन्छ । औषधि प्रत्यक्ष जनस्वास्थ्यसँग गासिँएको बिषय हो । केहि औषधिको गुणस्तर परिक्षण गर्ने साधन  प्रदेशस्तरमा ल्याउन सके  त्यहि अनुरुप जनशक्ति व्यवस्थापनले  थप नागरीकप्रति  प्रभाबकारी, उत्तरदायी र जवाफदेहि हुन सकिन्छ । 

उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयले नेपाली बजारमा औषधि आयात, खपत र उत्पादन कति हुन्छ । आयतित औषधिमा रोक लगाउँदा कस्तो असर पर्छ जस्ता बिषयमा अध्ययन गर्न लगाएको छ । सोहि अनुरुप उप प्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको अध्यक्षतामा कार्यदल गठन भएको छ । सो कार्यदलले केहि समयभित्र अध्ययन सुरु गर्न लागेको औषधि व्यवस्थापक क्षेत्रीले जानकारी दिए ।   

उनि भनछन् नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन चुनैतिपुर्ण बनेको छ ।  आयतमा रोक लगाउन भन्दा नेपालको औषधि कम्पनीहरुलाई प्रोत्साहन कसरी गर्न सकिन्छ भन्ने बिषयमा गहन अध्ययन गर्न  जरुरी देखिन्छ ।, नेपालका औषधि उद्योगहरुलाई प्रवद्धन गर्न औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसङख्या मन्त्रालय, उद्योग  बाणिज्य तथा आपुर्ति मन्त्रालय र अर्थ मन्त्रालयहरुले कार्ययोजना बनाउन आवश्यक देखिन्छ । किनकि  उद्योगहरु राष्ट्रको सम्पती हो । यसलाई बचाउन सरकार र संघ सस्था लगायत व्यक्तिले आफ्नो तर्फबाट पहल गर्न आवश्यक छ ।

नेपाली बजारमा १७ हजार ब्रान्डका औषधिहरु उपलब्ध रहेका छन् । हरेक बर्ष बजारमा वितरण गरेका औषधिहरु बार्षिक कार्यक्रम अन्तर्गत परीक्षण गरिन्छ बजारमा बितरण गरेको औषधिहरु नमुना छनोट विधी मार्फत परीक्षण गरिन्छ । सो परिक्षणमा कुनै प्रोडक्टहरु फेल भएका पनि छन् । फेल भएका औषधिहरुलाई बजारबाट र्फिता पठाइने औषधि व्यवस्थापक क्षेत्रीले बताए ।  

नेपाली कम्पनीहरुले उत्पादन गरेका औषधि र आयतित औषधिहरु बजारमा बितरण गर्नु अगाडि विभागले तोकेको वा मान्यता लिएको ल्याबमा परीक्षण गरेर गुणस्तरीय औषधिमात्र बजारमा पठाइने औषधि व्यवस्थापक क्षेत्रीको भनाई छ । ।

 नेपालमा ५३ ओटा औषधि कम्पनीहरु दर्ता भएका छन् । भारतिय कम्पनिका ३५० भन्दा बढि  औषधिहरु नेपालमा दर्ता भएका छन् ।

#mahilaswasthya.com


Comments