नयाँ भवन सञ्चालनमा ल्याए पनि सुत्केरीले पाएनन् बेड: प्रसुति गृह

-भागिरथी पण्डित 

काठमाडौं ।  राजधानिको थापाथलीस्थित परोपकार   प्रसुति गृह तथा स्त्री रोग अस्पताल प्रसुतीको समयमा सबैले  सम्झने गर्दछन् । यो अस्पताल ६ दशकदेखि सञ्चालनमा छ । हामी ९ बजे अस्पतालमा पुग्दा टिकट काउण्टर अगाडि भिडभाड देखिन्थ्यो । कोहि टिकट लिन लाइनमा उभीरहेको थिए । कोहि हातमा टोकन लिएर टिकट लिने पर्खाइमा काउण्टर तिर आखाँ तन्काउदै थिए ।  

त्यहि भिडमा सुत्केरी व्यथाले च्यापेर छटपटाइरहेकि थिइन् भक्तपुरकी यसोदा गौतम । उनको स्वस्थ्य अवस्था गम्भिर भइसकेको थियो । उनका श्रीमान किशोर गौतम टिकट लिन गएका रहेछन् । उनलाई घरमा नै व्यथा लागेर अस्पताल ल्याइएको रहेछ । अस्पतालमा बेड  अभाव कारण  उनी काउण्टर अगाडिको खालीँ ठाँउमा ओहोरदोहोर गरिरहेककी थिइन् । केही समय पछि  उनका श्रीमानले टिकट लिएर आए र हत्तपत्त प्रसुती कक्षतिर लागे । यो समस्या यसोदा गौतमले मात्र होइन अस्पतालमा आउने धेरै बिरामीहरुले भोगिरहेका छन् । 

अर्की बिरामी मलिन अनुहारमा गुनगुन गरिरहेकि थिइन् भैँसिपाटीकी रिना खड्का । उनी  ९ महिनाको गर्भ परिक्षण गर्न आएकी रहिछिन । टिकट लिन लामो समय लाइनमा बस्दा थकित भएको  बताइन् ।   

त्यसैगरी अर्की सुत्केरी पाँचखालकी सावित्री सापकोटा ओठ मुख सुकाएर म्याटमा बसिरहेकी थिइन् । मलिन अनुहार, सानो स्वरमा उनी बताउँछिन् साउन १३ गते दिउँसो प्रसुती व्यथाले च्यापेर अस्पताल आएको तर अस्पतालमा शैया खालि नभएको भन्दै साझँसम्म भर्ना लिएन । स्वास्थ्य अवस्था गम्भिर भइसकेको थियो । श्रीमानले जबरजस्ती ६ बजेतिर प्रसुतीवार्ड भित्र लग्नु भयो  । चिकित्सकले पहेँलो पानी आयो  शिशुले पेटभीत्र दिशा गरिसकेको छ भन्नुभएको थियो ।  ‘शिशु जन्मन त नर्मल जन्मियो तर स्वास्थ्य अवस्था नाजुक छ । ११ दिनदेखी आइसियुमा छ । समयमा भर्ना भएको भए सायद  यो अवस्था  हुदैनथ्यो होला।’ 

त्यस्तै, आकस्मिक कक्षको अगाडि झोक्राउदैँ बसेकि थिइन् जुम्लाकी सुन्दरी भण्डारी । उनी असह्य पेट दुखेपछि आकस्मिक कक्षमा उपचारका लागी हिजो अस्पताल आएको बताइन् । अहिले स्वास्थ्यमा सुधार भएको भन्दै चिकित्सकले वार्डमा सिफ्ट गरिदिनुभयो तर वार्डमा शैया खालिँ छैन । उनी बताउछिँन ‘यसरी बस्न समस्या भइरहेको छ । के गर्नु कुरेर बस्नु  बाहेक अरु बिकल्प छैन ।’

अस्पतालले १९० शैया नयाँ भवन सञ्चालनमा ल्याए पनि बिरामी समस्या जिउँको तिउँ छ । अस्पतालमा नयाँ भवन सञ्चालनसँगै बिरामीहरु पनी थपिएका छन् ।  कहिलेकाहिँ दिनभर कुरेर मात्र भर्ना हुनुपर्ने अवस्था अझै पनी उस्तै भएको अस्पताल प्रशासनले स्विकार गरेको छ । अस्पतालमा आएका बिरामीलाई सकभर र्फकाउदैनौ । नर्मल बिरामीहरुलाई म्याटमा राखेर भएपनी सेवा दिइरहेको परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालकी उपअस्पताल प्रशासक रानु थापाले जानकारी दिइन् । 

अस्पतालमा दैनीक ७०० जना भन्दा माथी बिरामीहरु ओपिडिमा र १०० जना भन्दा माथी बिरामीहरुलाई आकस्मिक कक्षमा सेवा दिदैँ आइरहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा देशका विभिन्न स्थानहरुबाट दैनिक १०० जना गर्भवतीहरु प्रसुती हुनका लागी आउछँन । 

अस्पतालमा ४१५ ओटा शैया सञ्चालनमा छन् । बिरामीको चाप अनुसार स्रोत साधनका साथै दक्ष जनशक्तिको पनि अभाव भएको प्रशासक थापाले बताइन् । अस्पतालमा ९७ जना डाक्टरहरु  १७३ जना नर्सहरु कार्यरत छन् ।

#mahilaswasthya.com


Comments