डाइविटिजलाई कसरी नियन्त्रण गर्ने ? यी हुन् नियन्त्रणका उपाय

पछिल्लो समय डाइविटिज (मधुमेह) का विरामीहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । अस्वस्थ्य खानपान, शारीरिक व्यायामको कमी लगायतका कारणले गर्दा पछिल्ला दिनहरुमा मधुमेहका रोगीहरुको संख्या बढ्दै गइरहेको हो । मधुमेह भइसकेपछि त्यसलाई निदान गर्नु भन्दा खानपानमा ख्याल गरेर त्यसलाई लाग्न नदिने वा प्रारम्भिक चरणमै नियन्त्रणको प्रयास जरुरी रहेको चिकित्सकको सुझाव छ । मधुमेह नियन्त्रणको लागि निम्न लिखित उपाय अपनाउनु अत्यावश्यक छ ।
उच्च प्रोटिनयुक्त खाना
मधुमेहको खतरामा रहेका मानिसहरुले आफ्नो खानामा उच्च प्रोटिनयुक्त खानेकुरा समावेश गर्नुपर्छ । कार्बोहाइड्रेट र बोसोयुक्त खानालाई सकेसम्म कम खाने गर्नुपर्छ । उच्च प्रोटिनयुक्त खानाले शरिरमा उत्पन्न हुने ऊर्जालाई सामान्य बनाइराख्न सहयोग गर्छ भने मेटाबोलिजमलाई पनि बढाउने कार्य गर्दछ ।
धुम्रपान
धुम्रपानले कार्डियोभास्कुलर स्वास्थ्य र हर्मोन उत्पन्नमा प्रतिकुल असर पार्छ । जसले मधुमेहको खतरालाई निम्त्याउछ । धुम्रपान छोड्दा मधुमेहको खतरा हुँदैन भने सम्पूर्ण स्वास्थ्य पनि राम्रो हुन्छ ।
फाइबर
फाइबरयुक्त खानाले रगतमा भएको चीनिको मात्रालाई सोस्न सहयोग गर्छ । मधुमेहलाई साधारण राख्नका लागि यसले इन्सुलिन निकाल्नसमेत सहयोग गर्छ ।
पानी
मानिसको शरिरलाई नभई नहुने तत्वमा पानी शीर्ष स्थानमा पर्छ । दैनिक पर्याप्त मात्रामा पानी पिउँदा यसले रगतमा उच्च मात्रामा भएको सुगर लेभललाई बाहिर निकाल्ने काम गर्दछ । पानीले मानिसको मुटुको रोग र मधुमेहलाई पनि टाढा राख्छ ।
व्यायाम
व्यायमसहितको स्वस्थ जीवनशैलीले मधुमेहबाट बचाउन सहयोग गर्छ । व्यायामले मधुमेहलगायत विभिन्न रोगबाट टाढा राख्छ । मानिसले आफ्नो दिनको सुरुवात साधारण गतिविधी जस्तै साइक्लिङ र जगिंगबाट गर्नु आवश्यक छ ।
प्रर्याप्त निन्द्रा
थुप्रै अनुसन्धानका अनुसार जो व्यक्ति दिनको ७ देखि ८ घण्टा सुत्छ, त्यस्ता व्यक्तिहरुलाई मधुमेह रोग लाग्ने खतरा कम हुन्छ । अपर्याप्त निन्द्राले हर्मोनलाई ब्यालेन्स हुनबाट बञ्चित गराउँछ जुन मधुमेहको लागि उपयुक्त स्थिती हो ।
रगत जाँच
मधुमेहबाट बच्नको लागि सबैभन्दा सजिलो उपाय आफ्नो रगतको निरन्तर जाँच गर्नु हो । ४५ वर्षभन्दा माथिका मानिसले तीन वर्षको एकचोटी रगत जाँच गराउनुपर्छ । यदि रक्तचाप उच्च छ र शरिर मोटो छ भने निरन्तर रुपमा रगत जाँच गराउनुपर्छ ।(एजेन्सीको सहयोगमा)

#healthtodaynepal.com


Comments